४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भक्तपुरमा असिना पानीले लाखौँको बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

२२ चैत्र २०७४, बिहीबार ०७:४५

चैत २२, भक्तपुर | हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । 

बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो । 

असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, बन्दाकोपी, आलु, प्याज, लसुन, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायत नगदेबाली क्षति पु¥याएको किसानले बताएका छन् । 

ताथलीका कृषक सुभद्रा बस्नेतले यहाँ लगाएको आलु र गहुँ कामै नलाग्ने गरी असिना पानीले नष्ट गरेको गुनासो गर्नुभयो । झौखेलका रामसुन्दर श्रेष्ठले यहाँका किसानले वर्षौंदेखि खेती गर्दै आएको नगदेबालीका रुपमा लगाइएको सिमी, बोडी, फर्सी, काक्रो, घिराँैला, काउली कामै नलाग्ने असिनाले नष्ट गरेको छ भन्नुभयो । छालिङका सुमन दथेपुथेले एक फिट जम्ने गरी परेको असिनाले तरकारी र भित्र्याउन ठिक्क परेको गहुँ बाली पूर्णरुपमा नष्ट बनाएको बताउनुभयो । 

असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन् । अधिकांश किसानले असिनाले लाखौँको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । 

जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुंगानाले असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्यायो भन्ने जानकारी आए पनि कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने बताउनुभयो । 

कृषि विकास कार्यालयको भन्दा पनि अब नगरपालिकाले क्षतिको विवरण संकलन गर्ने र किसानलाई क्षतिपूर्ति दिने काम गर्नुपर्ने बताउँदै उहाँले नगरपालिकामा कृषि कार्यालयको जिम्मेवारी गइसकेको अवस्थामा नगरपालिकाले क्षतिको विवरण संकलन र व्यवस्थापनको काम गर्नुपर्ने उहाँको भनाइ थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ