२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अब मध्यपुरथिमि नगरपालिकाले जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने

२०७५, ७ आश्विन आईतवार १६:३७

असोज ७, भक्तपुर (रासस) | प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आज मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ । 

मध्यपुरथिमि वडा नं ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको आज उहाँले उद्घाटन गर्दै यसलाई नमूनाको रुपमा विकास गर्ने बताउनुभयो । थिमिको एउटा वडाबाट शुरु गरेको भए पनि यो परियोजना सफल भएसँगै प्रदेशका सबै स्थानीय तहमा सञ्चालन गरी प्रदेश नं ३ लाई अर्गानिक कृषि फार्मका रुपमा विकास गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रासायनिक मलको अभाव भइरहने र यसले क्षणिक उत्पादन बढाए पनि माटो क्षयीकरण गर्दै लामो समय असर पार्ने भएकाले प्रत्येक वडामा कम्पोष्ट मल उत्पादन गरी कृषिमा लगाउन सके पर्याप्त फाइदा लिन सकिन्छ, यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।” 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले घरघरमा उत्पादन भएको फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिका सक्रिय हुनुपर्ने बताउनुभयो । 

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हाल ४ नं वडाबाट नमूनाको रुपमा शुरु भएको यो प्रविधिलाई विस्तार गर्दै प्रत्येक वडामा यस प्रकारको कम्पोष्ट मल उत्पादन केन्द्र बनाइने बताउनुभयो । उहाँले नगरपालिकाबाट हाल रु २ करोड लगानी गरेको र प्रदेश सरकारबाट रु ५० लाख अनुदान आउने भएको बताउँदै घरघमा फोहोर सङ्कलन गर्न बाल्टिनी वितरण गरिएको बताउनुभयो । 

घरघरमा वितरण गरिएको बाल्टिनीमा साताको एक पटक भान्छाबाट निस्कने कुहिने फोहोरलाई सङ्कलन गरी ल्याउने र केन्द्रमा राखेर त्यसलाई कम्पोष्ट मल बनाई नमूनाको रुपमा सोही मल प्रयोग गरी आफैले तरकारी उत्पादन गरेर प्रर्दशन गर्ने बताउनुभयो । नेपालमै पहिलो पटक शुरु भएको यो प्रविधिले कृषकलाई राहत मिल्नुका साथै तरकारी उत्पादनमा यसले ठूलो टेवा दिने बताउनुभयो । 

कार्यक्रममा जापानीज प्रविधि टोलीका तर्फबाट परियोजनाका बारेमा जापानीज नागरिक जुन खामो सिदाले मल उत्पादन गर्ने तरीकाबारे जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, परियोजनामा प्राविधिक सहयोग गर्ने रिशिका कम्पनीका प्रबन्ध निर्देशक उषा गिरी, उपभोक्ता समितिका अध्यक्ष बैकुण्ठ श्रेष्ठ लगायतले कम्पोष्ट मल उत्पादनले हुने फाइदाका बारेमा चर्चा गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला