२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैतडीका ४ स्थानमा तरकारी पकेट क्षेत्र स्थापना

२०७५, ३ पुष मंगलवार ११:२०

कृष्ण बिष्ट | पुस ३, बैतडी | कृर्षि ज्ञान केन्द्र बैतडीले जिल्लाका ४ स्थानलाई तरकारी पकेट क्षेत्र स्थापना गर्ने भएको छ । डिलासैनी गाउपालिकाको गोकुलेश्वर, मेलौली नगरपाकिलाको वडा नं  २, दोगडाकेदार गाउपालिकाको वडा नं ३ र दशरथ चन्द नगरपालिकामा तरकारी पकेट क्षेत्र स्थापना गरीने भएको हो । 

तरकारी बिकास कार्यक्रम अन्तरगत जिल्लाका चार स्थानमा तरकारी पकेट क्षेत्र घोषणा गरीएको र सो ठाँउका कृषकहरुलाई ज्ञान केन्द्र बैतडीले अनुदान समेत दिने  कृर्षी ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

तरकारी पकेट क्षेत्र घोषणा गरीएको स्थानका कृर्षकहरुले तरकारी समुह  गठन गरी वडा कार्यालय मार्फत सिफारीस साथ आएमा पचास प्रतीसत अनुदान दिने ब्यावस्था रहेको पनि ज्ञान केन्द्र बैतडीका निमित्त अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । २५ रोपनि जग्गामा ब्यावसायिक  तरकारी खेती गर्ने इच्छुक किसानलाई मात्रै अनुदानमा समाबेस गराइने पनि उहाले स्पस्ट पार्नुभयो ।


यस्तै जिल्ला कृर्षी ज्ञान केन्द्र बैतडीले जिल्लाका पाँच स्थानलाई आलु उत्पादन पकेट क्षेत्रको रुपमा स्थापना गर्न लागेको छ ।  जिल्लाको पाटन नगरपालिका स्थित खोडपे, दशरथ चन्द नगरपालिकाको देहिमाण्डौ, पुर्चाैडी नगरपालिकाको कोटीला र सिगास गाउपालिकाका केहि स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थापना गरीएको ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

आलु उत्पादनमुखी क्षेत्र भएकाले यी पाँच स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थपना गरीएकोे निमित्त हधिकृत चन्दले  बताउनुभयो । आलु उत्पादन गर्न चाहाने कृषकहरुले अनुदानमा ज्ञान केन्द्राबाट मल तथा बिउ प्राप्त गर्ने उहाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस