2026-08-25 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा आधुनिक उपकरण

पुष १४, विराटनगर (रासस) | पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । 

जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुनथालेकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

सङ्घीय र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत किसानलाई सिँचाइ गर्न, खेत जोत्न, मकै छर्न, धान रोप्न र धान काटनका लागि आधुनिक उपकरणमा अनुदान दिएकाले परम्परागत कृषि औजार लोप हुँदै गएको छ । ठूलो आकारका उपकरणले एक घण्टामा दुई बिघा धान काट्नाका साथै धान दाउनीसमेत गर्ने भएकाले अहिले खेतबाटै किसानले घरमा धान भित्र्याउने गरेका छन् । 

रङ्गेली नगरपालिका–४ का किसान शिवराम मण्डलले विगतका वर्षमा खेतीबाट धान भित्र्याउन दुई हप्ता लाग्ने गरेकामा यस वर्ष आधुनिक उपकरणको प्रयोग गरेका कारण धान काटेको दुई घण्टामै घर भित्र्याइएको र धान काट्न मजदूर नपाउने समस्या पनि टरेको बताउनुभयो । 

सुनवर्सी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले कृषि उत्पादत वृद्धि गर्न र यस पेशाप्रति आकर्षित गराउन नगरपालिकाले बजेट छुट्याएर कृषि यान्त्रिकरणमा जोड दिएको बताउनुभयो । रङ्गेली नगरपालिकाले पनि समूह बनाएर किसानलाई आधुनिक उपकरण खरिदमा अनुदान उपलब्ध गराएको छ । उक्त नगरपालिकाका अधिकृत कृष्णप्रसाद भट्टराईले वडा नं ४ र ५ किसानलाई समूह बनाएर दुई धान काट्ने उपकरण उपलब्ध गराएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन