२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

किसानसँग कृषि ज्ञान केन्द्रको सम्झौता

४ बैशाख २०७६, बुधबार ०४:३२

वैशाख ४, बनेपा (रासस) | प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ । अर्को आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजना मङ्गलबार सम्झौता भएको हो । 

प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो । त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको उहाँको भनाइ छ । जसअन्तर्गत पहिलोपटक शुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको सात गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । त्यसअन्तर्गत पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा पाँचखालमा तरकारी र नमोबुद्धमा मकै परेको उहाँको भनाइ छ । 

यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा नौ गरी १९ आयोजना परेकामा रु पाँच करोड ५३ लाख बजेट रहेको जनाएको छ । जसमा सानोमा रु नौ लाखदेखि ठूलोमा ३७ लाखसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने उहाँको भनाइ छ । त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी ९खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी० बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम आएको छ । 

त्यससँगै अर्गानिकखेती कार्यक्रमका लागि रु डेढ करोडको कार्यक्रम सूचना निकालेर निवेदनउपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ । त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रमअन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रावेरी, अलैँची, किबी, एबोकाडोलगायतका छन् । 

नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत रु १० लाखको कार्यक्रम सम्झौता गरेको बताउनुभयो । “छ सहकारी र पाँच समूह मिलेर गठन गरेको ब्लकका लागि परियोजना सम्झौता गरेका छौँ”, तिमल्सिनाले भन्नुभयो, “परेको रकमबाट रु सात लाखको मेसिन खरीद गर्ने र तीन लाखको बीउ खरीद गरिनेछ ।” नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको उहाँको भनाइ छ । सो परियोजनाअन्तर्गत दुई हजार रोपनीमा मकैखेती हुने र जसबाट करीब ५०० किसान लाभान्वित हुनेछन् ।

पाँचखाल–३ का अर्का किसान नीरु नेपालले तरकारी पकेट कार्यक्रमका लागि सामूहिक रूपमा कार्यक्रम सम्झौता गरी विभिन्न जातका तरकारी खेती गर्न रु पाँच लाखको कार्यक्रम सम्झौता गरेको बताउनुभयो । उहाँले सबैको फरक÷फरक खालको माग आएपछि अब समूहगत रूपमा तरकारी खेती गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–६ का किसान जगनिधि चौलागार्इंले कोशीपारि सामुदायिक कृषि पकेट क्षेत्रको नाममा दुई समूह मिलेर दुई लाखको योजना सम्झौता गरेको बताउनुभयो । “अब यसबाट हाते ट्र्याक्टर खरीद गरेर खेती गर्नेछौँ”, उहाँले भन्नुभयो । 

यसैगरी रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौँ, चिनो, उवा, कावुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताउनुभयो । त्यस्तै कृषि सडक, पुष्पखेती, अर्गानिक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा रु सात करोड ४१ लाख ५५ हजार ८९६ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की