By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > उदयपुर - UDP > बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’
उदयपुर - UDPकाठमाडौँ - KTMकृषि गतिबिधी

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

साझासवाल
Last updated: August 10, 2019 10:23 am
साझासवाल
5 Min Read
Share

हरि बाँस्तोला | साउन २५, बेलका (उदयपुर) | सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्फ ‘उ त्यहीँ थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ ।

राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पीडा व्यथा भन्नु, धेर थोर जे सहयोग पाइन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आशामा रहँदै यहाँका स्थानीयवासीले जीवनयापन गरिरहेका छन् ।

“के गर्नु दुःख जिलो गरेर रोपाइँ पनि गरिसकेका थियांै, रोपो हरियो बन्दै थियो एकाएक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि डुबेर कुहियो”, धाराखोलाकी मीरा तामाङले भावुक बन्दै दुःखेसो सुनाउनुभयो ।

खाइनखाई दुःखका साथ बनाएको नयाँ घरको पहिलो तला डुब्यो भने १६ कट्ठा खेतमा लगाएको धान खेत तालमा परिणत भएको बताउनुभयो । ४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि छ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको तामाङले बताउनुभयो ।

उहाँ जस्तै यतिखेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झँदा पनि भक्कानो छुटेर आउने बताउँछन् । अर्की ५६ वर्षीया एकल महिला जनममाया भट्टराईले आफूले नेपाल रेडक्रस सोसाइटीको २५ हजार रुपैयाको आर्थिक सहयोगमा सञ्चालन गरेको बेकरी उद्योगसहित घर पुरिएपछि समस्या थपिएको बताउनुभयो ।

माथिको तश्वीरमा: उदयपुरको बेलका नगरपालिका– २ धाराखोलामा सप्तकोशी र त्रियुगा नदीको बाढी पसेर जोखिमयुक्त घरबाट डुबानमा परेको धानखेत नियाल्दै स्थानीयवासी । तस्वीरः  हरि  बाँस्तोला

स्थानीय टीकाकुमारी कोइराला सुवेदीका अनुसार माथिल्लो भेगबाट अचानक आएको बाढीले घर र गोठ डुबाउँदा सञ्चित अन्न, लत्ताकपडा, भाडावर्तनलगायतका सम्पूर्ण सामग्री नष्ट हुनुको साथै गोठमा रहेको दुई वटा बाख्रा बगाएको बताउनुभयो ।

बाँचेका  बस्तुभाउ खुल्ला आकाशमुनी बाटोमा बाँध्न बाध्य भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,“बाढीकै कारण जुकाका साथै सर्पको बिगबिगी भएकोले कसरी रातदिन विताउने भन्ने भएको छ ।”

सो वडाको पथहरा र धारा खोला क्षेत्रको कूल एक हजार विगाहा भन्दा बढी धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ । त्यस्तै २४ घर बस्नै नहुने गरी क्षति पुगेको धाराखोला टोल विकास संस्थाका अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार १९ देखि २५ गतेसम्म लगातार वस्तीमा एकातर्फ सप्तकोशी र अर्कोतर्फ त्रियुगा नदीको बाढी पसेका कारण एक हजार ३०० सय घर प्रभावित भएको थियो । साथै करोडौं रुपैयाको क्षति पुगेको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार बस्ती विकाससँगै खोलाको निकासमा अवरोध भएपछि बाढी बस्तीतर्फ प्रवेश गर्दा ठूलो क्षति हुने गरेको बताउँनुभयो । त्यसको निकासका लागि स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ थियो । 

बस्तीको माथिल्लो भागमा रहेका विभिन्न नौ वटा खहरे खोलालाई एकिकृत गरी सप्तकोशी र त्रियुगा नदीमा स्थायी निकास निर्माण गरी वस्ती र उर्वरभूमिको संरक्षणका लागि नगरपालिकाले सात अर्बको गुरुयोजना तयार पारेको छ । उहाँले त्यसका लागि प्रदेश र सङ्घीय सरकार समक्ष आर्थिक सहयोगको माग गरिएको जानकारी दिनुभयो ।

माथिको तश्वीरमा:  उदयपुरको बेलका नगरापलिका वडा नं २ धाराखोलामा सप्तकोशी र त्रियुगा नदीको बाढी पसेर डुवानमा परेको धानखेत हेर्दै स्थानीय कृषक । तस्वीरः हरि  बाँस्तोला

बाढीपीडितका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै आएको छ । नगरप्रमुख थापाले सो क्षेत्रका वासिन्दालाई  विभिन्न रोगको प्रकोप र सर्पदंशबाट  जोगाउन चुनौति रहेको बताउनुभयो । 

बाढी क्षेत्रमा हालसम्म २४ जनालाई सर्पले टोकेको नगरपालिकामा जानकारी आएको छ । बाढीका कारण दुःखमा परेका पीडितलाई केही हदसम्म भए पनि मलम लगाउने उद्देश्यका साथ पोखराबाट राहत सामाग्री लिएर पुगेको एक टोलीले एक सय ५० घरपरिवारलाई तीन लाख मूल्य बरावरको विभिन्न सामाग्री वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरास्थित विभिन्न संस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको म्याटे«स, ब्ल्याङ्केट, झुल, तयारी कपडा, पानी शुद्धिकरण गरिने औषधिलगायत सरसफाइका सामग्री वितरण गरिएको थियो ।

बाढीपीडित क्षेत्रमा समाचारमा आए भन्दा पनि त्यहाँका स्थानीयवासीले दुःख र पीडा पाएको टोलीमा सङ्लग्न संस्थाका उपाध्यक्ष खेम लामिछानेले बताउनुभयो । भौगोलिक अवस्था समेतले विविधतायुक्त नेपालका ठाउँ ठाउँमा कतै बाढी त कतै पहिरोको समस्या भएको बताउने संस्थाका सचिव नर्मला कँडेल एकआपसमा पीडामा मलम लगाउने भावना प्रत्येक नेपालीमा जाग्नुपर्ने धारणा राख्नुभयो ।

चुरे क्षेत्रमा बढ्दो प्रकृतिको दोहनसँगै वन जङ्गल नासिँदै जानु र तल्लो तटीय क्षेत्रमा बस्ती विकास हुनुले बाढी पहिरोको प्रकोप बढाएको बताउने बेलका काठमाडौँ विकास समाजका अध्यक्ष महेन्द्र थापा प्रत्येक वर्ष देखिने यो समस्याको दीर्घकालीन समाधान तर्फ स्थानीयवासी एवं सरोकारवाला सबैको बेलैमा ध्यान पुग्नुपर्ने धारणा राख्नुहुन्छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा
Next Article खाडलमा हराइरहेका दुई मजदूरको शव फेला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

निवर्तमान सभामुख महरा र मुख्यमन्त्री पोखरेलकै वडामा कांग्रेस विजयी

57 years ago
काठमाडौँ - KTMदोलखा - DLKHराजनीति

तामाकोशी शेयरमाथि चलखेल नगर्न प्रधानमन्त्रीलाई सांसदको चेतावनी

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कतारमा कामदारलाई कम्पनी परिवर्तनको स्वतन्त्रता, काफला प्रणालीको अन्त्यको संकेत

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?