By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    22 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    12 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    15 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तनहुँ र लमजुङ सहकारी संस्थाले दुई महीनामै बेचे रु ८३ लाखको खसी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > तनहुँ - TNH > तनहुँ र लमजुङ सहकारी संस्थाले दुई महीनामै बेचे रु ८३ लाखको खसी
कृषि गतिबिधीतनहुँ - TNHलम्जुङ्ग - LMG

तनहुँ र लमजुङ सहकारी संस्थाले दुई महीनामै बेचे रु ८३ लाखको खसी

साझासवाल
Last updated: September 27, 2019 8:54 am
साझासवाल
3 Min Read
Share

कृष्ण न्यौपाने | असोज १०, तनहुँ | नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । 

तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा सञ्चालित ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले ९३४ खसी बिक्री गरेको कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सबैभन्दा बढी तनहुँको भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ४३ हजार ७५ बराबरको खसी बिक्री भएको छ भने सबैभन्दा कम शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु दुई लाख ६४ हजार ८६५ बराबरको खसी बिक्री भएको छ । अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमार्फत १५४ खसी बिक्री भएको सहकारीका अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिनुभयो ।

घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु नौ लाख १७ हजार ४७२, घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १४ लाख १५ हजार ९२५, भीमाद नगरपालिका–४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु आठ लाख ५६ हजार ५३, व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु पाँच लाख ४७ हजार ३२३, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु १२ लाख ५६ हजार ४२५ र सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु पाँच लाख ५८ हजार ९१५ बराबरको खसी बिक्री भएको छ ।

सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत नै खसी बिक्री गरेर मनग्य आम्दानी गरेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो । सहकारीले कृषकले उत्पादन गरेको खसी खरीद गरी व्यापारीलाई बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।

किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाउन भनेर सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भीमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिनुभयो । 

बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ । 

चार वर्ष अगाडि परम्परागतरुपमा बाख्रापालन गर्ने यहाँका कृषक अहिले व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका छन् । दुई/चार वटा मात्रै बाख्रा पालेका कृषकले अहिले ४०÷४५ वटा बाख्रापालन गरिरहेका छन् । हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् ।

परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पुर्याउँदै आएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो । पहिलो चरणको तीनवर्षे कार्यक्रम सम्पन्न भएर दोस्रो चरणको कार्यक्रम अहिले दोस्रो वर्षमा प्रवेश गरेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित
Next Article सामसङ्ग ग्यालेक्सी ए १० एस नेपाली बजारमा, यस्ता छन् मूल्य र बिशेषताहरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कृषि गतिबिधीचितवन - CTWमुख्य समाचार

कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

1 year ago
काठमाडौँ - KTMतनहुँ - TNHराजनीति

काँग्रेस नेता जोशीसहित अन्य २ जनाको पार्टी सदस्यता खारेज

57 years ago
लम्जुङ्ग - LMGसमाज

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

57 years ago
कन्चनपुर - KNCकृषि गतिबिधी

कृषि सिकाउन युवालाई दक्षिण कोरिया पठाइने, तलब एक लाख ८० हजार

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?