काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

कृषि मन्त्रीले बन्द कोठाको गमलामा धान रोपेपछि….

१७ असार २०७३, शुक्रबार ०४:४४

काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु पर्ने जिम्मेवारी । प्रमुख अतिथि बन्नै पर्ने ललितपुरको खुमलटारमा । फेरि पुग्ने पर्ने सुदुरपश्चिमको धनगढी एउटा कार्यक्रमको होइन १५ वटा कार्यक्रमको प्रमुख अतिथि बन्न (उनकै सल्लाहकार नहेन्द्र खड्कोले फेसबुकमा जनाए अनुसार) । कृषि मन्त्री गजुरेलले राष्ट्रपति पुरस्कार बाँढेर धनगढी हुँइकिनु थियो । त्यसैले उनले उनका आयोजकहरु कै तयारी अनुरुप बन्द कोठामा गलैचा, गलैचा माथि गमला राखेर रोपाई गरी कार्यक्रमको उद्घाटन गरे ।

कृषि मन्त्री गजुरेलले उद्घाटन गरेको तस्वीर केही समयमा नै भाइरल बन्यो । कृषि मन्त्रीले गमलामा धान रोपेको विषय चर्चाको शिखरमा पुग्यो । नपुगोस् पनि किन, उनी कृषि मन्त्री थिए, उनले धान दिवसका अवसरमा खेतमा होइन गमलामा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गर्नु नराम्रो थिएन पनि होला । त्यो सांकेतिक हो भनेर सकारात्मक सोच राख्यो भने सहज हुन्थ्यो होला । तर त्यसलाई अधिकांशले सकारात्मक सोच लिएनन् । उनकै पार्टीका अधिकांश व्यक्तिहरुले कृषि मन्त्री गजुरेलले गरेको शैलीको विरोध पनि गरे सामाजिक सञ्जाल मार्फत ।

कृषि मन्त्री गजुरेलले धान दिवसका अवसरमा बन्द कोठाभित्र गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गरेको विषय असार १५ गते दिनभर भाईरल बनेको छ । कतिले त विगतका कृषि मन्त्री हरिप्रसाद पराजुलीको घटनाबाट त्रसित भएको भन्ने आरोप पनि नलगाएका होइनन् । तर कृषि मन्त्री गजुरेल धान दिवसको कार्यक्रममा प्रमुख अतिथि बनेर गमलामा धान रोपेका पनि थिएनन् । कृषि विभागले धान दिवस ठैवमा मनाउने तयारी गरेको थियो । तर धान दिवसमा कृषि मन्त्री गजुरेलले सहभागिता जनाउने संकेत दिएका थिएनन् ।

त्यसैले कृषि विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि बनेका गजुरेलले गमलामा धान रोपेर पनि सुख पाएनन् ! कृषि विभागले आयोजना गरेको धान दिवस कार्यक्रममा जान आलटाल गरेका कृषि मन्त्रीलाई कृषि मन्त्रालयकै कार्यक्रममा जालझेल गरेर प्रचार बाजी गरेको आरोप उनी निकटस्थले लगाएका छन् । – कृषि अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार