काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु "/>
२०८२, ३० चैत्र सोमबार
काठमाडौँ - KTM

कृषि मन्त्रीले बन्द कोठाको गमलामा धान रोपेपछि….

२०७३, १७ असार शुक्रबार ०४:४४

काठमाडौं, असार । हतारमा कृषि विकास मन्त्री हरिबोल गजुरेल ! मन्त्री भए कृषि विकास गर्ने, दिन पर्यो | सरकारले विगत १२ बर्षदेखि मनाईरहेको धान दिवस । त्यसमा पनि गतबर्षदेखि शुरु गरिएको राष्ट्रपति उत्कृष कृषक पुरस्कार वितरण गर्नु पर्ने जिम्मेवारी । प्रमुख अतिथि बन्नै पर्ने ललितपुरको खुमलटारमा । फेरि पुग्ने पर्ने सुदुरपश्चिमको धनगढी एउटा कार्यक्रमको होइन १५ वटा कार्यक्रमको प्रमुख अतिथि बन्न (उनकै सल्लाहकार नहेन्द्र खड्कोले फेसबुकमा जनाए अनुसार) । कृषि मन्त्री गजुरेलले राष्ट्रपति पुरस्कार बाँढेर धनगढी हुँइकिनु थियो । त्यसैले उनले उनका आयोजकहरु कै तयारी अनुरुप बन्द कोठामा गलैचा, गलैचा माथि गमला राखेर रोपाई गरी कार्यक्रमको उद्घाटन गरे ।

कृषि मन्त्री गजुरेलले उद्घाटन गरेको तस्वीर केही समयमा नै भाइरल बन्यो । कृषि मन्त्रीले गमलामा धान रोपेको विषय चर्चाको शिखरमा पुग्यो । नपुगोस् पनि किन, उनी कृषि मन्त्री थिए, उनले धान दिवसका अवसरमा खेतमा होइन गमलामा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गर्नु नराम्रो थिएन पनि होला । त्यो सांकेतिक हो भनेर सकारात्मक सोच राख्यो भने सहज हुन्थ्यो होला । तर त्यसलाई अधिकांशले सकारात्मक सोच लिएनन् । उनकै पार्टीका अधिकांश व्यक्तिहरुले कृषि मन्त्री गजुरेलले गरेको शैलीको विरोध पनि गरे सामाजिक सञ्जाल मार्फत ।

कृषि मन्त्री गजुरेलले धान दिवसका अवसरमा बन्द कोठाभित्र गमलामा धान रोपेर कार्यक्रम उद्घाटन गरेको विषय असार १५ गते दिनभर भाईरल बनेको छ । कतिले त विगतका कृषि मन्त्री हरिप्रसाद पराजुलीको घटनाबाट त्रसित भएको भन्ने आरोप पनि नलगाएका होइनन् । तर कृषि मन्त्री गजुरेल धान दिवसको कार्यक्रममा प्रमुख अतिथि बनेर गमलामा धान रोपेका पनि थिएनन् । कृषि विभागले धान दिवस ठैवमा मनाउने तयारी गरेको थियो । तर धान दिवसमा कृषि मन्त्री गजुरेलले सहभागिता जनाउने संकेत दिएका थिएनन् ।

त्यसैले कृषि विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि बनेका गजुरेलले गमलामा धान रोपेर पनि सुख पाएनन् ! कृषि विभागले आयोजना गरेको धान दिवस कार्यक्रममा जान आलटाल गरेका कृषि मन्त्रीलाई कृषि मन्त्रालयकै कार्यक्रममा जालझेल गरेर प्रचार बाजी गरेको आरोप उनी निकटस्थले लगाएका छन् । – कृषि अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल