2026-09-08 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेश सरकारले असार १५ को बिदा दियो तर बजेट दिएन, धान दिवस खल्लो

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सवका रुपमा देशभर रहेका कृषकहरुले भब्यताका साथ दिवस मनाएका छन् ।  

धान दिवसमा  कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा दिए पनि धान दिवस मनाउनको लागी बजेट नपठाउदा यसपालिको धानदिवस खल्लो भएको छ । विश्व महमारीको रुपमा फैलिरहेको नावेल कोरेना भाईरस कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त भईरहेको अवस्थामा  कर्णाली प्रदेश सरकार पनि अछुतो नरहेको भन्दै यसपालि धान दिवस खल्लो भएको यहा जानकारहरुले बताएका छन् । विगतका दिनहरुमा तामझामका बिच धानदिवस मनाईन्थ्यो तर यसपालि जिल्लामा रहेका कृषि विकास कार्यालयमा प्रदेश सरकारले धान दिवस मनाउनको लागि कुनै पनि किसिमको बजेट विनियोजन नहुदा यो पटक धान दिवस मनाउन सेलाएको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । 

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगुमा धान खेतीको उपयुक्त जिल्ला मानिन्छन् । यि जिल्लामा कालीमार्सी धानको व्यापक खेती हुने गर्दछ । मुगु जिल्लामा ३ लाख १० हजार ३ सय १० हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा कृषी योग्य जमिनको क्षेत्रफल १८  हजार ४ सय २१ खेत १ हजार ८ सय ९४ पाखो बारी १६ हजार ५ सय २७ र अन्य २ लाख ९१ हजार ८ सय ८९ हेक्टर जमिन रहेको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताए । यो सँगै मुगु जिल्लामा ९५ प्रतिशत रोपाई सम्पन्न भएको पनि उनले जानकारी दिए ।  

उनका अनुसार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट यो पटक धान दिवसको बजेट नआउदा धान दिवस मनाउन नसकिएको कार्यालय प्रमुख बुढाले दुखेसो पोखे । यस्तै छायानाथ रारा नगरपालिका वडा नं ५ का कृषक सवित्रा बुढाका अनुसार विगतका दिनहरमा सबै साथीहरु मिलेर असारे गित गाउदै, एक आपसमा दुःख सुखका दिनहरु गीतबाटै साट्ने गरेको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल