२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

मासिँदै चिया बगान

२०७७, १८ पुष शनिबार ०९:२३

पुस १८, इलाम | ‘इलाममै शहर, चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि ।

गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला ? तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया बगानको हविगत भने ठ्याक्कै विपरीत छ । जिल्लाका अन्य चियाबगानको स्थिति पनि त्यस्तो अब्बल त छैन । इलाम चिया बगानको भन्दा केही राम्रो चाहिँ छ । जो कोही इलाम चिया बगान पुग्दा देख्न सक्छ, पुराना चियाका बुटा, अनि मासिँदै गरेका झ्याङ । हेर्न र घुम्नका लागि मात्र नभई यो चियाबारीले इतिहास पनि बोकेको छ । 

देशकै पहिलो चिया बगान यही हो र मुलुककै पहिलो कारखाना पनि यहीँ छ । विसं १९२० मा जङ्गबहादुर राणाले चीनबाट उपहार ल्याएको चिया यही बगानमा रोपेको इतिहास छ । इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नेपालमै पहिलोपटक चिया रोपेको इतिहासकार बताउँछन् । तर अहिले संरक्षण नहुँदा सबै चिया मासिने अवस्थामा छ । नेपालमै दुर्लभ मानिने चिनियाँ जातको चिया पनि यहीँ पाइन्छ तर संरक्षण नहुदा मासिने अवस्थामा छ ।

चिया बगान मासिन थाल्दा पनि बगान व्यवस्थापन गरिएको छैन । विसं २०५७ मा सरकारले इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, झापाका बर्ने, बारदसी र टोकला चिया बगान त्रिवेणी साङ्घाई समूहलाई ६५ प्रतिशत हिस्सा उसकै रहनेगरी भाडामा दिएको छ । 

इलाम सदरमुकाममा रहेको चियाबगान मात्र होइन माई नगरपालिका–९ मा रहेको बगान क्षेत्र पनि मासिँदै गएको छ । चियाका बोट पुरानो भएका कारण उत्पादन पनि घट्दो छ । विसं १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न शुरु गरिएको थियो भने १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको थियो । तर अहिले बगान उजाड बन्दै गएको छ भने ऐतिहासिक कारखाना जीर्ण बनेको छ ।


स्थानीय तहमा जनप्रतिनिधि आएसँगै इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माई नगरपालिकाले बगानलाई व्यवस्थित गर्न बगान फिर्ता दिन माग गरेका छन् । सङ्घीय सरकारलाई यी बगान स्थानीय तहलाई दिन आग्रह गरेका हुन् । स्थानीय तहको माग पनि सङ्घीय सरकारले सुनेको छैन । 

इलाम नगरपालिकाको पहिलो नगरसभाले इलाम चिया बगान स्थानीय सरकार मातहत ल्याउन पहल गर्ने निर्णय गरिसकेको छ भने माई नगरपालिकाले सरकारी स्वामित्वका सोक्तिम र चिलिमकोट चिया बगान सरकारलाई फिर्ता गराउनुपर्ने निर्णय चौथो नगरसभाबाट गरेको छ । 

“इलामको चिया बगान र उद्योग देशकै इतिहास हो तर अहिले उद्योग चाहिँ खोक्रो बनाइएको छ”, इलामका नगर प्रमुख महेश बस्नेत भन्नुहुुन्छ, “यो बगानको इतिहास जोगाउन स्थानीय सरकार सक्षम छ, चिया बगान र उद्योग फिर्ता ल्याउन लागिपरेका छौँ ।” सूर्योदयका नगर प्रमुख रणबहादुर राई र माई नपाका प्रमुख दीपक थेबे पनि निजी क्षेत्रबाट देशकै इतिहासका रुपमा रहेको चिया बगान सरकारको मातहतमा नल्याए देशकै इतिहास मेटिने बताउनुभयो ।

यता बगान पक्षले भने आफूले चिया बगानको जमिन रक्षाकै लागि पटकपटक मुद्दा मामिलामा जानु परेको बताउँदै आएको छ । मजदूर आन्दोलन, घट्दो श्रमिक जस्ता कारणले पनि कतिपय बगानलाई चाहेर पनि पुरानो अवस्थामा पुर्याउन नसकिएको त्रिवेणी साङ्घाई समूहको भनाइ छ । 

बगान भाडामा लिए पनि बगानभित्र बाटो र संरचना बनाइँदा उत्पादन घटेको साङ्घाई ग्रुपका सुवास साङ्घाईको भनाइ छ । पछिल्लो समय इलाम नगरपालिकाले चियाबारी क्षेत्रमै बनाउँदै गरेको भवन पनि विवादित बन्यो । नगरले पार्किङसहितको चलचित्र घर बनाउने भन्दै केही चियाका बुटा उखेलेपछि चियाबारी मासेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

नगरपालिकाले चिया बगानको क्षेत्र नमासेको र नगरकै क्षेत्रभित्र भवन बनाएको जानकारी गरायो तर दुर्लभ चिया मासेकामा भने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएका छन् । अहिले पनि नगरले भवन बनाउने काम जारी राखेको छ । 

बगानमा अपेक्षाकृत फाइदा लिन नसकेको साङ्घाई ग्रुपले जनाएको छ । साङ्घाई ग्रुपले पनि विभिन्न समयमा आफूले चिया बगान चलाउन नसक्ने बताउँदै आएको छ । गएको वर्षको चिया श्रमिक आन्दोलनमा चिया श्रमिकलाई तोकिएबमोजिमको ज्याला दिन नसक्ने बताउँदै बगान चलाउन नसक्ने बताएको थियो ।

चिया श्रमिकको आन्दोलन चर्किंदै जाँदा तत्कालीन श्रममन्त्री गोकर्णराज विष्टकै पहलमा चिया बगानको समस्या सुल्झिएको थियो । पछिल्लो समय त साङ्घाई ग्रुपले यस्तो बताएको छैन तर संरचना र बाटो बनाएर बगान घटेकामा असन्तुष्टि जनाउँदै आएको छ ।

खासमा दुई पात एक सुइरो चिया चियाको गुणस्तरीय चिया भनिए पनि श्रमिक अभावका कारण गुणस्तर कायम हुन सकेको छैन । जथाभावी चिया टिपिएकै कारण चिया मासिँदै गएको स्वयं चिया श्रमिक बताउँछन् । यसरी चिया मासिँदै गएमा इलामको पहिचान मात्र नभई देशकै चियाको इतिहास नष्ट हुनेमा भने सरोकारवाला चिन्तित छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो