२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

२६ श्रावण २०७८, मंगलवार ०४:५७

नारायण न्यौपाने । साउन २६, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको छ ।

नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी  धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे परियोजनाले धान अनुसन्धानका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । प्रमुख खाद्यान्न बालिका रूपमा रहेको धानबालीले मुलुकको खाद्य सुरक्षामा ठूलो योगदान पुर्याएको छ ।

सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाअन्तर्गत वर्णशङ्कर धानको समग्र प्रविधिको विकास नेपालमै परिषद्का वैज्ञानिकका अगुवाइमा गरिने छ । परियोजनाका लागि आवश्यक पर्ने विज्ञान, प्रविधि, क्षमता र सीपको हस्तान्तरण इरीद्वारा हुनेछ । परियोजनाले धानको वर्णशङ्कर जातको विकास गर्न अत्याधुनिक प्रविधिद्वारा धान प्रजनन अनुसन्धानको प्रक्रियालाई छिटो, छरितो प्रभावकारी र विश्वसनीय बनाउने छ ।

उक्त उच्च प्रविधि र नवीनतम सोचको उपयोग गर्न सक्ने नेपाली कृषि वैज्ञानिक पनि यस परियोजनाले विकास गर्ने जानकारी दिइएको छ । परियोजनाले वर्णशङ्कर धान बढी उत्पादनशील, जलवायु अनुकूलितरूपमा व्यवसायीकरण गर्ने उद्देश्य राखिएको छ । केही दिनअघि सञ्चालन सहमति भएको परियोजनाले वर्णशङ्कर जात धानको क्षेत्र विस्तार गरी धानको आयात प्रतिस्थापन हँुदै आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्याउने छ ।

परियोजनामार्फत वर्णशङ्कर धानको व्यावसायिकरणका लागि आवश्यक पर्ने जनशक्ति, प्रविधि, ज्ञान, सीप हस्तान्तरण गर्दै नेपाललाई धानमा आत्मनिर्भरतातर्फ उन्मुख गराउने विश्वास लिइएको छ । यो परियोजनामा चलनचल्तीमा रहेको थ्री लाइन हाइब्रिड उत्पादन प्रविधिसँगसँगै टु लाइन हाइब्रिडको नवीनतम प्रविधिलाई स्वदेशमा भित्र्याइ जातीय विकास गरिनेछ ।

परियोजना कार्यान्वयनपछि प्राप्त नतिजाका आधारमा नेपाल प्रविधिको प्रयोगका हिसाबले दक्षिण एशियाकै एउटा उपयुक्त केन्द्रका रूपमा विकास हुने विश्वास गरिएको छ । इरीका नेपाल प्रतिनिधि डा कृष्णदेव जोशी र परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारीबीच परियोजना सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

परियोजना पूर्णरूपमा कार्यान्वयनमा गएपछि तराई, पहाड र उच्च पहाडका कृषकको उत्पादकत्व वृद्धिसँगै नेपालमा खाद्यान्नको आयात घटाउन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । सो अवसरमा परिषद्का कार्यकारी निर्देशक डा भण्डारीले अनुसन्धानका क्षेत्रमा क्रियाशील दुई संस्थाबीचको सहकार्यले नेपालका कृषि वैज्ञानिकको क्षमता अभिवृद्धिसँगै कृषि प्रविधि विकासमा उदाहरणीय रहने छ भन्नुभयो । नेपाल कृषि प्रधान देश भए पनि पछिल्ला वर्षमा वार्षिकरूपमा लगभग रु ३२ अर्ब बराबरको चामल आयात गरिँदै आएको छ । नेपालमा वार्षिक प्रतिव्यक्ति चामलको खपत १३८ केजी रहेको छ ।

वार्षिक धान ६१ लाख टन अर्थात् चालम ४७.६ लाख आवश्यता पर्छ । विगत तीन दशकमा कृषि अनुसन्धान परिषद्ले धानमा अत्यन्त लोकप्रिय जात खुमल चार, राधा चार, हर्दिनाथ एक तथा सुक्खा सहन सक्ने जातका धान उन्मोचन गरेको छ । देशमा यी धानको उत्पादन निकै राम्रो रहेको बताइएको छ ।  मुलुकमा अहिले ३२.५ लाख मात्र चामल उत्पादन भइरहेको छ । देशका ६५ प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले किसानको उत्थान र हाइब्रिड बालीबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन योगदान पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली