४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

२ भाद्र २०७८, बुधबार ०७:४३

भदौ २, बनेपा (रासस)। बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् । 

उहाँले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उहाँले बताउनुभयो । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उहाँले भन्नुभयो, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।” 

उहाँको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उहाँको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उहाँले थप्नुभयो, “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”

उहाँसँगै सो फार्ममा उहाँका श्रीमान् सरोज पनि काम गर्नुहुन्छ । उहाँको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आउनुभएको छ । फार्म सुरु गरेदेखि नै काम गर्दै आउनुभएका उहाँले भन्नुभयो, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ” 

नजिकैको साथी भएकाले उहाँकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हँु,” विष्टले भन्नुभयो, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”

रातिको समयमा सबै रेखदेख गर्ने काम उहाँले गर्नुहुन्छ । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताउनुभयो । विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुर्याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उहाँले सुनाउनुभयो ।

काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् । त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाउनुभएको छ । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताउनुभयो । 

कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताउनुभयो । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा