२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं बजार: भक्तपुरमा जौँ र मकैको व्यापार

२०७८, २१ आश्विन बिहीबार ०३:३४

असोज २१, भक्तपुर | रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । 'जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।' उनले यसरी नै ग्राहक बटुल्छिन् ।

दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, 'मोहनी नखा(दसैं) मा जौँ र मकैको जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।' 

चाँगुनारायण नगरपालिकामा उनको खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दसैंको मौका छोपेर बेच्न हिँडेकी हुन् ।

टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् । 

उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन् । 'यो आफ्नै खेतमा उत्पादन भएको हो । दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ,' उनी भन्छन्,' पहिले वर्षको १०/१० पाथी मकै र जौं बेच्थे । अहिले व्यापार कम छ ।'

उनी  ३० रुपैयाँ मानामा जौं बेचिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस