२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार हजार बिघा जग्गामा स्यालो ट्युबवेलबाट सिँचाइ

१० पुष २०७८, शनिबार ११:०१

पुस १०, काठमाडौँ | लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पुर्याइएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साद्वारा स्यालो ट्युबवेलमार्फत उक्त तीन जिल्लाको चार हजार ५५८ बिघा खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याइएको जनाएको छ । सो सिँचाइको सुविधा भएपछि स्थानीय किसान अत्यन्त हर्षित एवं खुसी भएका छन् ।

स्यालो ट्युबवेलबाट आउने पानी सिँचाइ गर्ने मात्र नभइ उक्त पानी खानेसमेत गरेको स्थानीय उपभोक्ताको भनाइ छ । त्यस पानीबाट लुगासमेत धुने गरिएको छ । सङ्घीय सरकारको प्रत्यक्ष लगानीमा समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमअन्तर्गत बारा, पर्सा र रौतहटमा रु १५ करोडको लागतमा गत आव २०७७/७८ मा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको जनाइएको छ । त्यसबाट चार हजार ५५८ बिघा जमीन सिञ्चित भइरहेको छ । 

सङ्घीय सरकारअन्तर्गत रहेको भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साका प्रमुख प्रकाश पौडेलले गत आर्थिक वर्षको सो अवधिमा कार्यालयको एक हजार २४५ जडान गर्ने लक्ष्य रहेकामा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको बताउनुभयो ।

कार्यालय स्थापना भएको दुई वर्षमा प्रथम आर्थिक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुनु अत्यन्त सराहनीय रहेको प्राविधिकको भनाइ छ । बारा, पर्सा र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयले उपभोक्ता समितिमार्फत स्यालो ट्युबवेल र मोटर पम्प जडानको रकम दिएर जडान हुने गरेको र उक्त स्यालो ट्युबवेलबाट सिँचाइ सुविधा पु¥याउने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

एउटा स्यालो ट्युबवेलबाट करिब साढे तीन बिघा जमिनमा सिँचाइ हुने गरेको छ । स्यालो ट्युबवेल र मोटर पम्प जडानमा करिब रु एक लाख २० हजार खर्च हुने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान