२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार हजार बिघा जग्गामा स्यालो ट्युबवेलबाट सिँचाइ

१० पुष २०७८, शनिबार ११:०१

पुस १०, काठमाडौँ | लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पुर्याइएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साद्वारा स्यालो ट्युबवेलमार्फत उक्त तीन जिल्लाको चार हजार ५५८ बिघा खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याइएको जनाएको छ । सो सिँचाइको सुविधा भएपछि स्थानीय किसान अत्यन्त हर्षित एवं खुसी भएका छन् ।

स्यालो ट्युबवेलबाट आउने पानी सिँचाइ गर्ने मात्र नभइ उक्त पानी खानेसमेत गरेको स्थानीय उपभोक्ताको भनाइ छ । त्यस पानीबाट लुगासमेत धुने गरिएको छ । सङ्घीय सरकारको प्रत्यक्ष लगानीमा समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमअन्तर्गत बारा, पर्सा र रौतहटमा रु १५ करोडको लागतमा गत आव २०७७/७८ मा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको जनाइएको छ । त्यसबाट चार हजार ५५८ बिघा जमीन सिञ्चित भइरहेको छ । 

सङ्घीय सरकारअन्तर्गत रहेको भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साका प्रमुख प्रकाश पौडेलले गत आर्थिक वर्षको सो अवधिमा कार्यालयको एक हजार २४५ जडान गर्ने लक्ष्य रहेकामा एक हजार २३२ स्यालो ट्युबवेल जडान गरिएको बताउनुभयो ।

कार्यालय स्थापना भएको दुई वर्षमा प्रथम आर्थिक वर्षमा ९९ प्रतिशत काम सम्पन्न हुनु अत्यन्त सराहनीय रहेको प्राविधिकको भनाइ छ । बारा, पर्सा र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयले उपभोक्ता समितिमार्फत स्यालो ट्युबवेल र मोटर पम्प जडानको रकम दिएर जडान हुने गरेको र उक्त स्यालो ट्युबवेलबाट सिँचाइ सुविधा पु¥याउने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

एउटा स्यालो ट्युबवेलबाट करिब साढे तीन बिघा जमिनमा सिँचाइ हुने गरेको छ । स्यालो ट्युबवेल र मोटर पम्प जडानमा करिब रु एक लाख २० हजार खर्च हुने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ