२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङले मार्‍यो कृषिमा छलाङ, धान उत्पादन बढ्यो !

२०७८, २२ पुष बिहीबार ०९:५७

पुस २२, काठमाडौँ | लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

 गत वर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान हर्षित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको उहाँको भनाइ छ । 

त्यस्तै, केन्द्रका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४÷२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफलमा गरिएको धान खेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

जिल्लामा सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलँैचेफाँट रामचोकबेँसीलगायतका क्षेत्रमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भन्नुभयो, जिल्लामा साबीत्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।

 किसानले पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेक्रफलमा धानखेती हुने गरेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो