२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम

२०७८, १० माघ सोमबार ०९:५६

माघ १०, हेटौँडा | वागमती प्रदेश सरकारले आफ्नो साझा कार्यक्रमअन्तर्गत ‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिरहेको  छ । पशुपक्षी तथा मत्स्यमा लाग्ने रोग अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलनका लागि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका कार्यालयमा उक्त कार्यक्रम संचालन गरिएको जनाएको हो ।

पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि सम्बन्धित स्थानीय तहसगँ समन्वय गरी  प्रस्ताव तयार गर्न मन्त्रालयले आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरिसकेको सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपन्छी पालनको घनत्व भएको क्षेत्र आदिको आधारमा वडा कार्यालयहरुबाट प्रस्ताव आउनुपर्ने गरी  मातहतका कार्यालयहरुलाई निर्देशनसमेत दिइएको छ ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले यस कार्यक्रमवाट स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिल्ने बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरु बीच दूरी कम गर्न पनि कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिरसमेत गर्नुभयो ।

मन्त्रालयले गत पुस १४ गते प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणका लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो । सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना