२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट

१० चैत्र २०७८, बिहीबार ०६:११

चैत १०, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् ।

नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औं बागवानी गोष्ठीमा उनले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानका लागि के कति काम गरेको छ भन्ने विषय समीक्षा हुनुपर्ने बताए ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समीक्षा हुनुपर्छ,’ उनले भने । परियोजनाले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्रीको नाममा खोलिएको परियोजना भएको हुनाले त्यसको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री यादवले विदेश जाने युवालाई कृषिप्रति आकर्षित गर्न बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए । ‘देशमा थुप्रै बाँझो जमिन छन्, तर त्यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा सोच्नुपर्ने बेला आएको छ । जोसँग जमिन छैन, त्यसलाई बाँझो जमिन दिएर कृषिप्रति आकर्षित गर्नुपर्छ,’ उनले भने ।

कतिपय युवा खेती गर्न जमिन नपाएर ऋण लिएर भए पनि वैदेशिक रोजगारमा जाने गरेकाले त्यसलाई रोक्न नीति बनाएर बाँझो जमिन वितरण गर्नुपर्ने उनले बताए । बाँझो जमिनमा चकलाबन्दी वा सहकारीको माध्यमबाट खेती गरेर उत्पादनमा वृद्धि उनको भनाइ छ । यादवले कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।

बिहीबारसम्म चल्ने गोष्ठीमा बागवानीका विज्ञहरू कौशलकुमार पौडेल, किशोरचन्द्र दहाल, अनिलकुमार अचार्य, विनोदकुमार भट्टराई, डा.हरिबहादुर केसी, डा.उमेशकुमार आचार्य, सुरेन्द्रलाल श्रेष्ठ, प्रदीपराज रोकया, डा.गरिधारी सुवेदी, जीतनारानायण चौधरी, राजेन्द्र गौतम, जीवन श्रेष्ठ, श्यामप्रसाद पौडेल, डा.कालिकाप्रसाद पौडेललगायतले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

बागवानी क्षेत्रको विकासमार्फत बाँझो जग्गाको उपयोग प्रवद्र्धन गर्न सरोकारवालालाई सुझाव प्रदान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको सोसाइटीका अध्यक्ष इन्द्रराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा