२८ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापामा बंगुर पालक किसान बढ्दै

२० चैत्र २०७८, आईतवार १२:१३

चैत्र २०, झापा | विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् ।  संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएर पनि बंगुर पालनमा लागेका छन् ।

प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणसमेत अनुदान उपलव्ध गराएपछि झापामा बंगुर पालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्ष अघिसम्म बंगुर पालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेका छन् । प्रदेश सरकारले खोर निर्माणदेखि नश्ल सुधारमा समेत सहयोग गर्न थालेपछि बंगुर पालक किसानको संख्या बढ्न थालेको बंगुर व्यवसायी संघ प्रदेश- १ का अध्यक्ष संजिव कुलुङ्ग राईले बताए । "सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,"उनी भन्छन्, "तर, अहिले दानाको मूल्य अकासिएको छ । बजारमा माग पनि घटेको छ ।’

बंगुर पालनमा आकार्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् । 

झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालनक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू आएको छ । सरकारको सहयोग पाउन थालेपछि बंगुर पालनमा किसानको आकार्षण बढ्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । ‘यसवर्ष पनि बंगुर पालक किसानका लागि अनुदानको कार्यक्रहरू छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्छैन,"उनले भने । 

प्रदेश-१ को कृषि मन्त्रालयका अनुसार प्रदेश-१ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश-१ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । "मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्सा चाहिँ प्रदेश-१ ले धानेको छ । बंगुर पालनमा यो प्रदेशको राम्रो छ,"उनले भने, "यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतको विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’ 

प्रदेश-१ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश-१ सरकारले बंगुर प्रवर्द्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताए । अनुदानबाट खोर निर्माण लगायतका काम भएको उनले बताए । तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उनको भनाइ छ । "बंगुरको पाठा विक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,""उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ? आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,