रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

भदौ २८, चितवन । रत्ननगरमा ‘कृषि प्रयोगशाला’ स्थापना भएको छ ।

सरकारी, निजी तथा साझेदारी (पिपिपी) मोडलमा प्रयोगशाला स्थापना गरिएको हो । प्रारम्भिक चरणमा माछोको परीक्षण हुनेगरी रत्ननगर नगरपालिका–८ भानुचोकमा प्रयोगशाला स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

सो प्रयोगशालामा कृषिसँग सम्बन्धित हरेक कुराको परीक्षण गरिने छ । अहिलेसम्म जिल्लाका किसानले सामान्य माटो परीक्षण गर्नुपरेमा हेटौँडा वा काठमाडाँै जानुपर्ने बाध्यता छ । प्रयोगशाला स्थापनासँगै अब परीक्षणका लागि अन्यत्र जानुपर्ने बाद्यता हटेको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घ, रत्ननगर नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा प्रयोगशाला स्थापनाका गरिएको हो । रु १० लाखको लागतमा स्थापना गरिएको प्रयोगशालामा माटोको परीक्षण सुरु भएको प्रयोगशालाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।

माटोको नाइट्रोजन, फस्फोरस, पोटास, पिएच तथा माटोको प्राङ्गारिक पदार्थको परीक्षण सुरु गरिएको छ । बीउ, विषादी, तरकारी तथा अन्य खाद्यपदार्थको समेत परीक्षण गर्ने दीर्घकालीन लक्ष्य रहेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले प्रयोगशाला स्थापनापछि किसानका समस्या समाधान हुने बताउनुभयो ।

जिल्लामा २९ हजार हेक्टरमा धानखेती हुन्छ भने छ हजार २०० हेक्टरमा तरकारी फल्छ । करिब चार हजार ३०० हेक्टर जग्गा खेतीयोग्य भए पनि माटोको अम्लियपना बढ्दै गएको कृषि कार्यालय प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । अत्याधिक विषादी र रासायनिक पदार्थका कारण माटो बिग्रिएको हो । विज्ञहरुले प्राङ्गारिक मल प्रयोग गर्न किसानलाई आग्रह गरेका छन् । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply