१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोदोखेती प्रबर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’

१ पुष २०७९, शुक्रबार ०९:३०

पुस १, काठमाडौँ | काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद् र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सहभागिता जनाउनुभएको थियो । 

भेलामा दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभयो । प्राधिकरणका निर्देशक डा तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि प्राधिकरणले गरेको निर्यात प्रवद्र्धन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।


भारत सरकारको प्रस्ताव संयुक्त राष्ट्र सङ्घबाट पारित भएपछि सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने भएको हो । भारत सरकारले सन् २०२१ मा गरेको उक्त प्रस्तावमा विभिन्न ७२ देशले समर्थन गरेका थिए । 

भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन गर्दै आएको छ । भारतमा वार्षिक करिब १७ मिलियन टन कोदो उत्पादन हुन्छ । जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो । 

कोदो स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छ । कोदोमा  विभिन्न पौष्टिक तत्व पाइन्छन् । कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा पनि सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव नपार्ने बालीमा पर्छ । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज÷अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याइ छ । 

कृषिमा भारत-नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै भारतीय राजदूतावासले सन् २०२३ को वर्षभरि नै विभिन्न गतिविधि तथा कार्यक्रममार्फत् कोदोको प्रबद्र्धन गर्ने जनाएको छ ।

भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत-नेपाल नयाँ साझेदारी’मा आधारित छ । भारत र नेपाल कोदोलगायतका विभिन्न कृषि उत्पादनका लागि एकअर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह