४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

५ नं. प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता अर्घाखाँचीमा

११ जेष्ठ २०७५, शुक्रबार १६:३५

जितेन्द्र खत्रि | जेष्ठ ११, अर्घाखाँची | नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणकोलागी ध्यानदिनुपर्ने बताउनु भएको छ । 

अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको सिटी एक्सप्रेस ५ नम्बर प्रदेश स्तरीय खुल्ला दोहोरी गित प्रतियोगीताको उद्घाटन गर्दे सांसद रायमाझीले यस्तो बताउनु भएको हो । ईतिहासको जगमा टेकेर लोकसंस्कृतिको बिकास गर्नु आजको आबश्यकता भएको बताउदै सांसद रायमाझीले देशको बिकास र समृद्धीको लागी सबै एकजुटहुनुपर्ने बताउनु भएको हो । त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्रदेश सांसद चेतनारायण आचार्यले कलासंस्कृतिको माध्यमबाट जिल्लालाई चिनाउन यसप्रकारको कार्यले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । अर्का प्रदेश सांसद रामजी घिमिरेले लोकसंस्कृतिको नाममा बिकृति फैलाउन नहुने कुरामा जोड दिनुभयो । 


कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री,जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल लगायतले मनतब्य राख्दै कला संस्कृतिको माध्यमबाट जिल्लालाई देशबिदेशमा चिनाउन सहयोग पुग्ने भन्दै यसको बिकासमा लाग्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका पुराना बिभिन्न बिधाका स्रष्टाहरुलाई सम्मान समेत गरीएको थियो । 

कार्यक्रम समाजका अध्यक्ष मधुसुधन बन्जाडेको अध्यक्षता,बरीष्ठ उपाध्यक्ष जिबन परीयारको स्वागत मनतब्य र सचिब बिश्वास नेपालको सन्चालनमा सम्पन्न भएको हो । प्रतियोगीतामा ५ नम्बर प्रदेशका बिभिन्न जिल्लाका १२ टिमको सहभागीता रहेको छ, प्रतियोगीता ३ दिन सम्म सन्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ