४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पहिलो पटक साहित्यिक महोत्सव

२५ जेष्ठ २०७५, शुक्रबार १६:३२

जेठ २५, अर्घाखाँची | शुक्रबार सदरमुकाम सन्धिखर्कको शान्तिवगैचामा अवस्थित धर्मशाला साहित्यमय बन्यो । जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम अर्घाखाँची साहित्य महोत्सवमा  साहित्यकारहरुका कृतिहरुले अतिथि र दर्शकहरु मन्त्रमुग्ध बने । कविता, गजल, मुक्तक भावना र गीतहरुले मनोरञ्जन र भावुकता दुबै प्रदान गरे । साहित्यको भित्री गहिराइबाट निर्मित सिर्जनाहरुबाट दर्शकलाई साच्चै नै आनन्द मिल्यो  । 

कृपया त्यो सातौं तलाको झ्यालबाट

बाहिर नथुक्नुहोला 

तल सडक पेटीमा फुलेका केशहरु

हातखुट्टा नभएका 

केहि जोर आखाँहरु

दृष्टि विहिन र भोकाहरु

एक गास उज्यालोको पर्खाइमा छन् । 

साहित्यकार अशिम सागरको यो कविताले दर्शकलाई भावुक बनायो । गरिबिको मारबाट पिल्सिएका वर्गको यथार्थतामा आधारित यो कविताबाट धेरैका आखाँ रसाए । सर्जकहरुले एकपछि एक सिर्जनाहरु पस्कदै गए ।

अरु छैन धोको यति गर्न पाउँ

बतनको सिपाइ भइ मर्न पाउँ

छ जन्घार चर्को चुनौतिहरुको

नमानेर झर्को सधै तर्न पाउँ

बतनको  सिपाइ भइ मर्न पाउँ 

अर्का साहित्यकार बुद रानाको यो गजलले पनि दर्शकको ध्यान उत्तिकै तान्यो । उनले अर्घाखाँची जिल्लालाई आधार मानेर बनाएको गिती गजल प्रस्तुत गर्दा दर्शक दिर्घाबाट तालीको गड्गडाहट बर्सियो । कार्यक्रममा तिन ओटा पुस्तकहरु विमोचन गरियो । बुद्धि गैरे द्वारा लिखित कविता संग्रह माटोको सुगन्ध, देवी पन्थीको नेपाली गजलको परिवर्तित स्वरुप र दिननाथ गौतमको यमराजलाई बिन्ती पत्र नाम कृति बिमोचन भए । गैरेको पुस्तक माटोको सुगन्धमाथि संस्कृतिविद् राजेन्द्र आचार्यले टिप्पणी गरे । कार्यक्रममा जिल्लाका अग्रज साहित्यकार कुलचन्द्र मरासिनी,खिमानन्द पोख्रेल, नारायण शास्त्री र बीरेन्द्र शाहलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरियो । 


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिष्ठ साहित्यकार रानाले साहित्यले सधै भलो र हितका विषयलाई उठान गर्ने बताए । ‘सहित्य सधै दम शोषणको बिरुद्धमा हुन्छ’ उनले भने, साहित्यकारले सधै न्याय र समानताका विषयमा  कलम चलाउनुपर्छ ।’  उनले राज्यले साहित्य क्षेत्रलाई उपेक्षा गरेको गुनासो समेत गरे । ‘अष्ट्रेलिया लगायतका केहि देशहरुमा साहित्यकारबाट राय सुझाव लिएर मात्र वजेट सार्वजनिक गर्ने चलन छ’ उनले भने, नेपालमा कुनै पनि क्षेत्रमा साहित्यकारको भूमिका देखिदैन ।’ उनले कला संगित र साहित्यमा लाग्न उमेरले नछेक्ने बताए । ‘सानो उमरेका बालबालिकाहरुले पनि यो क्षेत्रमा निकै  प्रगति हासिल गरेका प्रशस्त उदाहरणहरु पेश गरे । देशको हितका लागि साझा धारणा हुनु पर्ने उनले औंल्याए । पराष्ट नीति ठिक नहुँदा राष्ट्रियता कमजोर बन्दै गएको उनको जिकिर छ । नेपाली गजलको परिवर्तित स्वरुपका लेखक पन्थीले साहित्यकारलाई मनोरञ्जनका लागि मात्रै प्रयोग गरिएको गुनासो गरे । ‘साहित्कारको काम मनोरञ्जन प्रदान गर्ने मात्रै हो भन्ने भ्रम छ’ उनले भने, ‘साहित्यकारले देश निर्माणमा समेत ठूलो टेवा पु¥याउन सक्छन् ।’ कार्यक्रममा जिल्ला भरका करिव ७० जना साहित्यकारहरुले आ–आफ्ना सिर्जनाहरु पस्केका थिए । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले साहित्य क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक वजेट विनियोजन गर्ने बताए । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले साहित्य क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग प्रदान गर्नुपर्ने औंल्याए ।  पत्रकार महासंघका अध्यक्ष तथा साहित्यकार हिम बहादुर जिसी लेकालीले पछिल्लो समयमा साहित्य क्षेत्रमा जिल्लाले प्रगति हासिल गर्दै गएको बताए । कार्यक्रममा राजमोका नेता भिमलाल आचार्य, अर्घाखाँची साहित्य फाउण्डेसनका संयोजक वुद्धि गैरे, साहित्यकार रुद्र ज्ञवाली, अमृत पियुस,मञ्जु घिमिरे, जेवि, दर्लामी, पत्रकार शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी सुशिला गैरे लगायतले मन्तव्य राख्दै साहित्य क्षेत्रको विकासमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ