४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

८ असार २०७९, बुधबार ०७:४०

असार ८, अर्घाखाँची | अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको  खुलासा भएको हो ।


पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिदै र  अन्य लोभ लालच समेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर  न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले  ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।  

उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँदै  मध्यरातमा बाहिर  जाने  गरेकी छन् ।  बालिकालाई बलात्कार  गरे, गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ