लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।&n"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

६ चैत्र २०७८, आईतवार ०७:०९

चैत ६, गलकोट । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो । 

नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने छ ।”

अहिले ५२ महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो । महिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ । 

समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उहाँको भनाइ छ । 

लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट