४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

महाभूकम्पले रसुवामा अझै १ सय ५ जना बेपत्ता

२४ भाद्र २०७२, बिहीबार ००:३१

भदौ २४, रसुवा । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले
रसुवा जिल्लामा ६ सय ६१ जनाको मृत्यु भयो भने अझै १ सय ५ जना बेपत्ता भईरहेका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको जानकारी अनुसार नेपाली ६ सय ३८ जना र
२३ जना विदेशी पर्यटक गरी ६ सय ६१ जनाको मृत्यु भएको छ । लाङटाङ, टिमुरे, मैलुङ्ग क्षेत्रमा विनाशकारी
भूकम्प पछिको सुख्खा र हिम पहिरोले पुरिएर बेपत्ताहरूको खोजी भईरहे पनि अझै हराएकाहरूको खोजी गरेपनि
अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१८ वटा
गाविसमा बिभाजित यस जिल्लाको कुल जनसंख्या ४३,२०० छ भने जम्मा घरधुरी लगभग १२,००० रहेको छ । विनाशकारी
भूकम्पमा मृत्यु हुने मध्ये बालबालिका १४३ जना थिए भने विद्यार्थी ४४ जना रहेका छन् ।

भूकम्प पछि सुख्खा तथा हिम पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये केही स्वदेशी तथा
बिदेशीहरूको शव तथा कंकालको रुपमा भेटिएपनि अझै बेपत्ताहरूको अवस्था अज्ञात छ । बिस्थापितहरुको
क्याम्पमा खाद्यान्न अभाव भएको हाकु गाविसबाट बिस्थापित क्याम्पका छुकु लामाले घुम्ती नागरिक सहायता
कक्षका स्वयमसेवक केशव गँजुरेलसँग बताए । रसुवाका बिस्थापित क्याम्पहरुमा शिक्षा, स्वास्थ्य , खानेपानी,
खाद्यान्नर विद्युतको समेत समस्या देखिएको घुम्ती नागरिक सहायता कक्षले जनाएको छ ।

जिल्लाको हाकु र डाडागाउँ, लाङटाङ, ठूलोगाउँ स्याफ्रु र राम्चे गाविसबाट गरी
कुल १ हजार ५३ घरधुरी बिस्थापित भएका छन् । सम्भावित आपतकालिन अवस्थाका लागि खाद्यान्नको अवस्था ७८
मेट्रिक टन गोदाममा खाद्यान्न रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ भने १४ वटा सवारी साधन
क्षती भएको सिफारिस जिल्ला प्रहरी कार्यालयबाट भएको छ भने अनय २ वटा सवारी साधनमा पनि क्षति पुगेको
प्रहरीले जनाएको छ ।

जिल्लामा राहतमा तथा पुर्न निर्माणमा
कार्यरत ३९ वटा संघ संस्थाहरू रहेको जस मध्ये जिल्ला विकास समितिमा १९ वटा संस्थाले मात्र आर्थिक तथा
अन्य बिबरण बुझाएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद कोईरालाले बताए

बिस्थापित
बिबरण

bistapit bibaran rasuwa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ