४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तीन वर्षमा सक्नुपर्ने काम नौ वर्षमा

१५ माघ २०७९, आईतवार १०:५७

माघ १५, गलकोट । बागलुङको धौलागिरि अस्पताल भवन निर्माण सुरु भएको नौ वर्षपछि बल्ल पूरा हुनेभएको छ । विसं २०७० मा आशिष÷मिलेनियम र भीमज्योति जेभीले तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौताको नौ वर्षमा पनि सम्पन्न हुन नसकेको हो । 

निर्माण कम्पनीले रू १० करोड छ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको थियो । अस्पतालको दुईवटा भवन समयमै निर्माण गरे पनि ‘सी’ ब्लक बनाउन ढिला हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित बनेको छ । भवन बनाउन ठेकेदार कम्पनीले चार पटक म्याद थप्नु परेको थियो । कम्पनीका प्रतिनिधि केही समय सम्पर्कविहीन भएपछि भवन निर्माणमा समय लागेको अस्पतालले जनाएको छ । 


निर्माण व्यवसायी र सघन सहरी तथा भवन निर्माण आयोजनाबीच बिल भुक्तानीका विषयमा समस्या भएपछि निर्माण सम्पन्नको अन्तिम चरणमा पुगे पनि भवन हस्तान्तरण हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । 

“भवन सम्पन्न गर्न धैरै समय लाग्दैन, रङ्ग रोगनको काम मात्रै बाँकी छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ठेकेदारले पुरानो भुक्तानी नपाएका कारण भवन हस्तान्तरणमा ढिलाइ भएको हो ।

चालिस कोठाको भवन निर्माणका क्रममा  अस्पतालको जग्गा, विद्युत् पोल तथा कोरोनाजस्ता कारण देखाउँदै निर्माण कम्पनीले निर्धारित समयभन्दा छ वर्ष ढिला काम सम्पन्न गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो । 

“निर्माण व्यवसायीको पुरानो भुक्तानी बाँकी रहेकाले  अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ, बजेट अभाव भएको छ । भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, श्रेष्ठले भन्नुभयो– “एक महिनाभित्र भवन हस्तान्तरण गर्छौँ ।”

धौलागिरि अस्पतालका अनुसार जिल्ला अस्पतालबाट ५० शय्यामा रुपान्तरण भएपछि थप भवन निर्माण थालिएकामा निर्माण सम्पन्न नहुँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि बढाएको हो । गण्डकी प्रदेश सरकारले दुई सय शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । 

विसं २०६४ मा निर्माण सुरु भएको ‘ए’ ब्लक समयमै सम्पन्न भएको थियो भने २०६६ सालमा निर्माण सुरु भएको ‘बी’ ब्लक भने दशवर्षमा सम्पन्न भएको थियो । ‘सी’ ब्लक भवन समयमा नै निर्माण नहुदा प्रशासनीक सेवा जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ भने अस्पतालमा चमेनागृह छैन ।

कोरोना सङ्क्रमणका बेला अस्पताललाई भवन अभावका कारण समस्या परेको थियो । नवनिर्मित भवनबाट सेवा सञ्चालन हुनथालेपछि भौतिक संरचनाको अभाव अन्त्य हुने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ