४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुकुम्बासीको तथ्याङ्क सङ्कलन

१० बैशाख २०८०, आईतवार ०१:५७

वैशाख १०, बैतडी । बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार  पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको हो ।

तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर आयोगमा तथ्याङ्क प्रविष्ट गरिसकेको जनाएको छ । सङ्कलित तथ्याङ्कमा पञ्चेश्वर गाउँपालिकामा दुई सय ४५ भूमिहीन दलित, छ परिवार भूमिहीन सुकुम्बासी र तीन सय ९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा सात परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी,  शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, सात परिवार भूमिहीन सुकुम्बासी र तीन सय ४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र एक सय ५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाले तथ्याङ्क सङ्कलन गरेका भए पनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ ।  

जिल्लाका सबै स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चासो नदिएकोले ढिलाइ भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका सदस्यसचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताउनुभयो  । उहाँले भन्नुभयो, “दशवटै पालिकाले तथ्याङ्क सङ्कलनका लागि भूमि आयोगसँग सम्झौता गरिसकेका भए पनि तथ्याङ्क सङ्कलन गरेर नपठाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ ।”

स्थानीय तहहरूले सङ्कलन गरेको तथ्याङ्क ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ