सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अ"/>
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

बझाङमा बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

१६ भाद्र २०७३, बिहीबार ०८:०१

सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ ।

स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेपछि बझाङका कृषकहरुमा चिन्ता छाएको छ । 

बजार नपाउँदा उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको सुवेडाका कृषक रामप्रसाद जोशीले बताए । सुवेडामा मात्र करिब ३० टन प्याज बिक्री नभएर थन्किएको उनको भनाई छ । 

जयपृथ्वी नगरपालिकाको सुवेडा, चैनपुर, हेमन्तवाडा, लुयाटा, रिठापाटा र पाराकाट्ने,दंगार्जी एवं रायल लगायतका गाविसका कृषकहरुले उत्पादन गरेको प्याज बिक्री नहुँदा थन्किएको हो । 

तराइबाट ढुवानी सहित १९ रुपियाँ प्रतिकिलो बझाङमा पुग्ने गरेको र स्थानिय कृषकहरुले २३ रुपियाँ भन्दा कममा बिक्री नगर्दा प्याज थन्किएको सदरमुकाम चैनपुरका तरकारी व्यापारी लोक बहादुर वलीले बताए । उनले भने बजार माग भन्दा उत्पादन धेरै भएकाले प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो ।

कृषकहरु तरकारी खेतीमा उन्मुख भएपछि हरेकबर्ष बाहिरी जिल्लाबाट तरकारी भित्रिने बझाङ जिल्लामा यसबर्ष भने  बाहिरी जिल्लाबाट भित्रिने तरकारीमा कमी आएको छ । 

धान र गहुँ खेतीमा मात्र उन्मुख भएका बझाङका कृषकहरु तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन ।

उत्पादन भएको प्याज कुहिने डरले सम्पूर्ण कृषकहरुले घरको छत अथवा खुल्ला ठाउँमा फिँजेर राखेका छन । फिँजेर राखेको प्याजको पनि टुसा पलाउन थालेपछि कृषकहरुले बजारका लागि कृषि विकास कार्यालयलाई पहल गरीदिन अनुरोध समेत गरेका छन । जिल्लामा कोल्ड स्टोर नहुँदा करोडौको प्याज कुहिने अवस्थामा पुग्दा समेत सरोकारवालाको भने बजारको लागि पहल गरेको छैन ।

माग भन्दा उत्पादन बढी भएकाले प्याज थन्किएको जिल्ला कृषि विकास कार्यालय बझाङका जेटिए मदनराज जोशीले बताए । उनले भने बिक्री नभएर प्याज थन्किएको कुरा माथिल्लो निकायमा जानकारी गरी सकेको छु तर कुनै जवाफ आएको छैन । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट