४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँकेमा राप्रपाका डा. धवलशम्शेर विजयी

७ मंसिर २०७९, बुधबार ०२:४०

मङ्सिर ७, बाँके । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उहाँका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो हुनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख हुनुभएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए । 

बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी हुनुभएको हो । उहाँ दुई हजार दुई सय मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।  बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो । 

बाँके २(२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ