४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै

३ बैशाख २०८०, आईतवार १०:५५

बैशाख ३, काठमाडौँ | पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि  सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो । 

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य  बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भन्नुभयो, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ  ।”

पत्रकार झलक गैरेले नेपालगञ्जमा परम्परागत स्वादका खाना धेरै बन्ने गरेको र त्यसलाई ब्राण्डिङ गर्न र व्यवसायीकरण गर्न सो अवधरणा आएको बताउनुभयो । “घर घरमा विभिन्न स्वादका खाना बन्छन् त्यसलाई एउटै थलोमा राखेर नेपालगञ्जको परिचय दिन खोजिएको छ” उहाँले भन्नुभयो ।  

संयोजक सिग्देलले रैथाने स्वादलाई व्यवसायीकरण गर्दै परम्परागतरूपमा स्वाद उपलब्ध गराउँदै आएकालाई अवसर उपलब्ध गराउन फुडलेनको अवधारणा अघि सारिएको उल्लेख गर्नुभयो ।  

क्लिन तथा ग्रिन नेपालगञ्जका संयोजक डा विनोद कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हस्पिटालिटी विज्ञ भरत विष्ट, रामजी पाठक, हरित अभियन्ता हेमन्तराज काफ्ले, युवा उद्यमी नीरञ्जन राजभण्डारी, विन्दु घर्तीमगरलगायतले नेपालगञ्जका दर्जनौंँ मौलिक स्वादलाई व्यवसायीकरण गर्दै एकैथलोमा उपलब्ध गराउने अवधारणाले नेपालगञ्जको आन्तरिक बजार चलायमान हुनाका साथै पर्यटन प्रर्वद्धनका लागि पनि एउटा आकर्षण बनाउने बताउनुभयो । 

करिब तीन महिना अघिदेखि सोमबार बेलुका नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा महाआरती हुँदै आएको छ । यसले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ