सीके राउतले भने- मलाई बुथमा जान प्रहरीले रोक्यो, छातामा छाप हानिएका मतपत्र बाहिरै भेटिए

Posted on: 23 Apr, 2023

वैशाख १०, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा २ मा सत्ता गठबन्धन उम्मेदवार जसपाका उपेन्द्र यादवलाई जिताउन सत्तागठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासन परिचालन गरेर बुथ कब्जा गरेको उनको भनाई छ । उनले बुथ कब्जा रोक्न जाँदा आफूलाई प्रहरीले रोकेको बताए ।

उनले छातामा छाप लगाइएको मतपत्र बाहिरै जताततै भेटिएको जिकिर गरे ।

राउतले भने, ‘मलाई अनुगमनका लागि निर्वाचन आयोगले अनुमति दिएको छ । म जाँदा उहाँहरूलाई अफ्ठ्यारो पर्ने भयो भनेर मलाई यो बजारमा रोकियो । यहाँ आसपास बुथ पनि कतै छैन । आफूहरूले गरेको बुथ कब्जाको पर्दाफास नहोस् । र, सिल गरेर लैजान सकियोस् भनेर हामीलाई उहाँ रोकिएको छ ।’

बाराका सीडीओलाई मधेश प्रदेशका मुख्यमन्त्री र उम्मेदवारहरूले घुस दिएर मिलाएर राखेको समेत उनले आरोप लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!