बारामा बिहान ११ बजेबाट मतगणना हुने

Posted on: 24 Apr, 2023

बैशाख ११,  बारा | बारा २ मा बिहान ११ बजेबाट मतगणना हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनाको समय टुंगो लगाएको हो ।

यसअघि आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो । दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो । यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।  उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!