बारा २ मा उपेन्द्रलाई ४ हजार ७८२ मतको अग्रता, कसले कति मत पाए ? हेर्नुहोस्

Posted on: 25 Apr, 2023

वैशाख १२, बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । 

मंगलबार जारी मतगणनाको पछिल्लो अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५ हजार ९८० मत पाएका छन् । 

हालसम्म ३७ हजार २६३ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत र रास्वपाका रमेश खरेलले २ हजार ११९ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!