सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही "/>
४ पुष २०८२, शुक्रबार
बर्दिया - BRD

लौ अायो ! ३ करोड नेपालीको आङ्ग जिरिङ्ग हुने राष्ट्रिय (गजल) गीत

९ मंसिर २०७५, आईतवार १४:४६

सास । मंसिर ९, बर्दिया ।

पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा ।
सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।।
नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी … ।


यस्तो भावको मनै जिरिङ्ग बनाउने राष्ट्रिय भावको स्वदेश (गजल) गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको छ ।
बर्दियाका श्रष्टाद्वय प्रभात सुवेदी र रकेश ओलीको सहकार्यमा यो सिर्जना ल्याइएको हो । पछिलल्लो समय राष्ट्रिय भावका गीतहरुको रेकर्डिङ्गमा कमी आइरहेको अवस्थामा उनीहरुले यो गीत ल्याएका हुन् । 
प्रभात सुवेदी र ऋचा लुइटेलको शब्द, प्रभात सुवेदीको संगीत, रकेश वलीको संगीत संयोजन रहेको यस गीतमा प्रभात सुवेदी, रकेश ओली, मुना ओली र राधा खड्काको स्वर रहेको छ । यो गीत नभएर गजलीय संरचनामा रहेको राष्ट्रिय भावको गीत भएकोले पनि गायक, संगीतकार रकेश वलीले, यो गीतहरु कमाउनका लागि भन्दा पनि आफ्नो जन्मभूमिको ऋण तिर्नका लागि आम नेपालीहरुमाझ ल्याएको बताउँछन् । 
विशेषगरी जीवन्त सिर्जना ल्याउन खप्पीस मानिएका गायक तथा संगीतकार प्रभात सुवेदीले पछिल्लो समय देशका अग्रज गायक गायिकाहरुसँग काम गरिसकेका छन् । यस गीतमा गायिकाद्वय मुना ओली र राधा खड्काको आवाजका साथै अभिनय पनि निकै तारिफयोग्य रहेको छ । 
यो राष्ट्रिय भावको (गजल) गीतको म्युजिक भिडियोमा गायक गायिकाहरुका साथमा बाल कलाकारहरु श्रुति ओली र सहिष्मा खड्का प्रितिका चौधरी, मञ्जु बडुवालको अभिनय रहेको छ । यो सिर्जना पृथक शैलीमा रहेकाले सम्पूर्ण नेपालीहरुलाई मन पर्ने शब्द रचनामध्येकी स्रष्टा एवम् साहित्यकार ऋचा लुइटेलको भनाइ छ ।
महेश महराको क्यामेरा, कुमार के.सी. को निर्देशन र गिरिष रिजाल ‘समिप’ को सम्पादनमा रहेको यो राष्ट्रिय (गजल) गीतको म्युजिक भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ