भक्तपुरमा घरको झ्यालबाट खसेर ७ वर्षीय बालकको मृत्यु

Posted on: 16 Sep, 2023

भदौ ३०, भक्तपुर | भक्तपुरमा ७ वर्षीय बालकको घरको झ्यालबाट खसेर मृत्यु भएको छ ।

स्थानीय सञ्जीव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने ७ वर्षका डेविट डाइमन्डको झ्यालबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

अछाम मेलेकु नगरपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा डेरागरी बस्ने रामबहादुर बुढाका छोरा डेविट आफ्नै कोठामा खेल्ने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।

उनी सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!