४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

४ चैत्र २०७८, शुक्रबार १०:३६

चैत ४, भक्तपुर । सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गर्नुभएको हो । 

सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षांदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताउनुभयो । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । 

मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताउनुभयो । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताउनुभयो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो । नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गर्र्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ