भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज"/>
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

२८ भाद्र २०७३, मंगलवार ११:०३

भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो । 

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पोस्टको उद्घाटन गर्नुभएको हो । 

उहाँले पर्यटकको सुरक्षाका लागि प्रहरी आवश्यक पर्ने महसुस गरी २०३५ सालदेखि सुरु भएको पर्यटक प्रहरी सेवालाई सबै पर्यटकीय क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । 

नेपाल आएका पर्यटकको दिनहुँ जसो केही न केही सामान चोरी हुने भइआएका बताउँदै उहाँले पर्यटन प्रहरीको परिचालनबाट देशको छवि सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारीले पर्यटन प्रहरीका लागि करिब रु १५ लाखको लागतमा दुई कोठे भवन र भान्छा कोठा निर्माण गरेको जानकारी दिनुभयो । 

पर्यटन प्रहरीका प्रमुख प्रहरी निरीक्षक तुलसा खतिवडाका अनुसार अहिले नेपालभर २५ ठाउँमा पर्यटकीय प्रहरी पोस्टको स्थापना गरिएको छ र २२७ जना पर्यटक प्रहरी कार्यरत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ