कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभि"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

११ फाल्गुन २०७९, बिहीबार ०२:५६

फागुन ११, भोजपुर | प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा र जिल्लाको सुदूरउत्तर सल्पासिलिछो गाउँपालिका–५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गर्न लागेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० मा उक्त क्षेत्रमा रहेका सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा तथा दोभानेमा रहेकाका सामुदायिक वनसँग सहकार्य गरिने छ । यस आर्थिक वर्षमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित रु २० देखि २५ लाख बजेट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयमा इको क्लब गठन गरी सचेतना कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रेडपाण्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाईले बताउनुभयो । रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तक्र्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ