प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान स"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक ब्यबस्थापन आजको आवश्यकता

२१ कार्तिक २०७३, आईतवार ०७:३३

प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान संचालन भएको आज चार महिना पुग्न एक दिन मात्र वाँकी छ। मोडेल विध्यालय वनाउनलाइ निकै चुनौती छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

मोडेल विद्यालय भन्न बित्तिकै भौतिक संरचना र आर्थिक जम्मा गरेर मात्र हुँदैन, यसका लागी बस्तुगत योजना सहितको बलियो एकता आवस्यक पर्छ। आज नेपालका बिद्यालयको वस्तुगत परस्थित निकै दयनीय छ। नेपालमा दोय प्रकारको शिक्षा नीति छ, एउटा सामुदायिक बिद्यालय र आर्को सँस्थागत बिद्यालय । सँस्थागत विद्यालय व्यापार सँग जोडिएको हुँदा सुविधायुक्त र प्रविधियुक्त छ्न र मंहगो फिसका कारण सवैको पहुँचमा छैन वा भनौ आम सर्वसाधारणले उपभोग गर्न सकिरहेका छैनन ।

सामुदायिक विद्यालयमा २०५६ देखि सरकारीस्तरबाट शिक्षक दरवन्दी नथप्दा जन्ताको आफ्नै लगानीवाट बिद्यालयहरु चलाउनु पर्ने बाध्यताहरु छ्न। सामुदायिक विद्यालयमा आयस्रोत बिहिन जनताले कति सम्म लगानी गर्न सक्छ्न भन्ने कुरा निकै चुनौतिको बिषय रहेको छ। विद्यालय व्यवस्थित नहुदाँ त्यसको प्रत्यक्ष असर अहिलेका वालवालिकामा परेको छ ।

आजको युग प्रविधिमा धेरै अगाडि वढेको छ। फलस्वरूप आजको शैक्षिक वजारमा पुरानो रेडियो र छापा पत्रपत्रिकाको माग शुन्य हुँदैछ । किनकी इलेक्ट्रोनिक मिडियाको दुनियाँ हाम्रो सामु छ, सामाचारको पाना पल्टाउदै सुचना प्रबाह गर्ने जमाना हराउदै छ, इलेक्ट्रोनिक बजारको सहाराले हात हातमा समाचार उपलब्ध छ। यो सब आधुनिक शिक्षा प्रणालीको उपज हो तर यस्तै प्रविधियुक्त शिक्षा ग्रहण गर्न दूरदराजका बालबालिकाहरु अझै बन्चित छन् ।

यस्तो अवस्थामा हाम्रा बालबालिकाहरुले सिक्ने प्राबिधिक शिक्षा कस्तो हुने ? इलेक्ट्रोनिक दुनियाँमा यिनै बालबालिकाको  भविस्य कस्तो बन्ने भन्ने बिषयमा राज्यको शिक्षानीति वन्न जरुरि छ । समाज र राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन विषयमा वहस चल्न आवश्यक छ ।

यहि सन्दर्भमा सिद्दार्थ मा.वि. परिवार, स्थानीय स्तरका वुद्दिजिवी, युवाहरु र बासिन्दाहरुको वहस छलफलले साझा योजना वनाइ नमूना विद्यालय निर्माण अभियान संचालन गरेका छौं। सिद्दार्थ मा.वि.मा पनि माध्यमिक तहको एउटा पनि दरवन्दी छैन। भौतिक तर्फ पनि निकै समस्या रहेको छ। यी समस्यालाई हल गरेर नमुना विद्यालय निर्माण गर्न निकै चुनौती छ तर चुनौती बिचमा सम्भावनालाइ बोकेर हिम्मतका साथ् अभियान जुटेका छौं र यो सम्भब पनि छ ।

नमुना विद्यालय निर्माणका लागि चाहिने मुख्य आधारको पहिचान गरि भौतिक निर्माण, आर्थिक निर्माण, शैक्षिक सुधार नै मुख्य हतियारको रुपमा प्रयोग गरेका छौ । यसका साथै टुहुरा वालवालिकाको लागि आवास सहित शिक्षा प्राप्त गर्ने सुनिस्चितता गर्ने ध्येय बोकेका छौ ।

यिनै उद्देश्यहरु पूरागर्न देश विदेशबाट विभिन्न संघ संस्था र व्यक्तिहरुको अमुल्य सहयोग पाइरहेका छौ । हाम्रो योजना र समाजसेवी दाताहरुको सहयोगको समायोजनबाट मोडेल बिद्यालयको परिणाम दिन आतुर भएका छौ । यसै सन्दर्भमा एनआरएन साउदिले हाम्रो अभियानलाई आत्मसात गरि दुई कोठे इ-लाइवेरी भवन सहित कम्प्युटरशाला प्रदान गरेको छ । यहाँहरुको ठुलो सहयोगले हामी अभियान कर्ताको उच्च मनोबल बनेको छ। एनआरएन साउदी परिवारलाइ, स्थानीय जनसमुदाय तथा हामी अभियान्ताको तर्फबाट अभिनन्दन गर्न चाहान्छौं।

यसरी नै हाम्रो हाम्रो अभियानलाइ आत्मसात गरि डेनमार्कमा रहनुहुने सोम सापकोटा मार्फत क्यानडामा रहनु हुने नरेश कोइरालाज्युले इ-लाइवेरी जडानको लागि ५०० डलर पर्दान गर्नु भएकोमा उहाँहरुलाइ पनि अभियान्ताको तर्फबाट अभिनन्दन गर्न चाहान्छौं ।

हाम्रो अभियानलाइ आत्मसात गरि हाम्रो अक्षकोसमा करिब २५ लाखको हाराहारीमा रकम जम्मा गरिदिनु हुने सम्पुर्ण दानविर मनका धनि सहयोगी हातहरुलाइ अभियान परिवारको तर्फबाट अभिनन्दन गर्दछौं । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । अभियानको थालनी गर्नु ठुलो कुरा थिएन अब यसलाई परिणाम दिनु मुख्य कुरा हुनेछ । यसकारण हामी सहयोगी मनहरु प्रति पूर्ण प्रतिबद्धता जनाउदै तपाईहरुको अमूल्य सहयोगलाई नमुना परिणाममा बदल्न हामी प्रण गर्दछौ ।

अझै सहयोग आइरहेको छ, अझै धेरै आउनेमा आशावादी छौ । हिजो भुकुम्पले हाम्रो बस्ति उजाड पार्दा त्यहि बस्तीलाई नमुना बस्ति बनाउन आज राष्ट्रिय कलाकार ध्रुमुस सुन्तलीले उदाहरणीय कार्य गरेका छन् । उनको यो सामाजिक कार्य हाम्रो लागी मार्गदर्शन बनेको छ । भोलि नमुना बिद्यालय निर्माण गरि हाम्रो सपनाको मार्ग पुरा गर्नेछौ ! यसरि  नै  सहयोगको हातेमालो गर्न हुन हार्दिक बिनम्र अनुरोध पनि गर्दछौ । धन्यवाद

लेखक सिद्दार्थ मा.वि. घोप्टे ओढार जिनाबाङ रोल्पाका नमुना बिद्यालय निर्माण अभियान समयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि