प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान स"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शैक्षिक ब्यबस्थापन आजको आवश्यकता

२०७३, २१ कार्तिक आईतवार ०७:३३

प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान संचालन भएको आज चार महिना पुग्न एक दिन मात्र वाँकी छ। मोडेल विध्यालय वनाउनलाइ निकै चुनौती छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

मोडेल विद्यालय भन्न बित्तिकै भौतिक संरचना र आर्थिक जम्मा गरेर मात्र हुँदैन, यसका लागी बस्तुगत योजना सहितको बलियो एकता आवस्यक पर्छ। आज नेपालका बिद्यालयको वस्तुगत परस्थित निकै दयनीय छ। नेपालमा दोय प्रकारको शिक्षा नीति छ, एउटा सामुदायिक बिद्यालय र आर्को सँस्थागत बिद्यालय । सँस्थागत विद्यालय व्यापार सँग जोडिएको हुँदा सुविधायुक्त र प्रविधियुक्त छ्न र मंहगो फिसका कारण सवैको पहुँचमा छैन वा भनौ आम सर्वसाधारणले उपभोग गर्न सकिरहेका छैनन ।

सामुदायिक विद्यालयमा २०५६ देखि सरकारीस्तरबाट शिक्षक दरवन्दी नथप्दा जन्ताको आफ्नै लगानीवाट बिद्यालयहरु चलाउनु पर्ने बाध्यताहरु छ्न। सामुदायिक विद्यालयमा आयस्रोत बिहिन जनताले कति सम्म लगानी गर्न सक्छ्न भन्ने कुरा निकै चुनौतिको बिषय रहेको छ। विद्यालय व्यवस्थित नहुदाँ त्यसको प्रत्यक्ष असर अहिलेका वालवालिकामा परेको छ ।

आजको युग प्रविधिमा धेरै अगाडि वढेको छ। फलस्वरूप आजको शैक्षिक वजारमा पुरानो रेडियो र छापा पत्रपत्रिकाको माग शुन्य हुँदैछ । किनकी इलेक्ट्रोनिक मिडियाको दुनियाँ हाम्रो सामु छ, सामाचारको पाना पल्टाउदै सुचना प्रबाह गर्ने जमाना हराउदै छ, इलेक्ट्रोनिक बजारको सहाराले हात हातमा समाचार उपलब्ध छ। यो सब आधुनिक शिक्षा प्रणालीको उपज हो तर यस्तै प्रविधियुक्त शिक्षा ग्रहण गर्न दूरदराजका बालबालिकाहरु अझै बन्चित छन् ।

यस्तो अवस्थामा हाम्रा बालबालिकाहरुले सिक्ने प्राबिधिक शिक्षा कस्तो हुने ? इलेक्ट्रोनिक दुनियाँमा यिनै बालबालिकाको  भविस्य कस्तो बन्ने भन्ने बिषयमा राज्यको शिक्षानीति वन्न जरुरि छ । समाज र राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन विषयमा वहस चल्न आवश्यक छ ।

यहि सन्दर्भमा सिद्दार्थ मा.वि. परिवार, स्थानीय स्तरका वुद्दिजिवी, युवाहरु र बासिन्दाहरुको वहस छलफलले साझा योजना वनाइ नमूना विद्यालय निर्माण अभियान संचालन गरेका छौं। सिद्दार्थ मा.वि.मा पनि माध्यमिक तहको एउटा पनि दरवन्दी छैन। भौतिक तर्फ पनि निकै समस्या रहेको छ। यी समस्यालाई हल गरेर नमुना विद्यालय निर्माण गर्न निकै चुनौती छ तर चुनौती बिचमा सम्भावनालाइ बोकेर हिम्मतका साथ् अभियान जुटेका छौं र यो सम्भब पनि छ ।

नमुना विद्यालय निर्माणका लागि चाहिने मुख्य आधारको पहिचान गरि भौतिक निर्माण, आर्थिक निर्माण, शैक्षिक सुधार नै मुख्य हतियारको रुपमा प्रयोग गरेका छौ । यसका साथै टुहुरा वालवालिकाको लागि आवास सहित शिक्षा प्राप्त गर्ने सुनिस्चितता गर्ने ध्येय बोकेका छौ ।

यिनै उद्देश्यहरु पूरागर्न देश विदेशबाट विभिन्न संघ संस्था र व्यक्तिहरुको अमुल्य सहयोग पाइरहेका छौ । हाम्रो योजना र समाजसेवी दाताहरुको सहयोगको समायोजनबाट मोडेल बिद्यालयको परिणाम दिन आतुर भएका छौ । यसै सन्दर्भमा एनआरएन साउदिले हाम्रो अभियानलाई आत्मसात गरि दुई कोठे इ-लाइवेरी भवन सहित कम्प्युटरशाला प्रदान गरेको छ । यहाँहरुको ठुलो सहयोगले हामी अभियान कर्ताको उच्च मनोबल बनेको छ। एनआरएन साउदी परिवारलाइ, स्थानीय जनसमुदाय तथा हामी अभियान्ताको तर्फबाट अभिनन्दन गर्न चाहान्छौं।

यसरी नै हाम्रो हाम्रो अभियानलाइ आत्मसात गरि डेनमार्कमा रहनुहुने सोम सापकोटा मार्फत क्यानडामा रहनु हुने नरेश कोइरालाज्युले इ-लाइवेरी जडानको लागि ५०० डलर पर्दान गर्नु भएकोमा उहाँहरुलाइ पनि अभियान्ताको तर्फबाट अभिनन्दन गर्न चाहान्छौं ।

हाम्रो अभियानलाइ आत्मसात गरि हाम्रो अक्षकोसमा करिब २५ लाखको हाराहारीमा रकम जम्मा गरिदिनु हुने सम्पुर्ण दानविर मनका धनि सहयोगी हातहरुलाइ अभियान परिवारको तर्फबाट अभिनन्दन गर्दछौं । यसले हामीलाई थप जिम्मेवार बनाएको छ । अभियानको थालनी गर्नु ठुलो कुरा थिएन अब यसलाई परिणाम दिनु मुख्य कुरा हुनेछ । यसकारण हामी सहयोगी मनहरु प्रति पूर्ण प्रतिबद्धता जनाउदै तपाईहरुको अमूल्य सहयोगलाई नमुना परिणाममा बदल्न हामी प्रण गर्दछौ ।

अझै सहयोग आइरहेको छ, अझै धेरै आउनेमा आशावादी छौ । हिजो भुकुम्पले हाम्रो बस्ति उजाड पार्दा त्यहि बस्तीलाई नमुना बस्ति बनाउन आज राष्ट्रिय कलाकार ध्रुमुस सुन्तलीले उदाहरणीय कार्य गरेका छन् । उनको यो सामाजिक कार्य हाम्रो लागी मार्गदर्शन बनेको छ । भोलि नमुना बिद्यालय निर्माण गरि हाम्रो सपनाको मार्ग पुरा गर्नेछौ ! यसरि  नै  सहयोगको हातेमालो गर्न हुन हार्दिक बिनम्र अनुरोध पनि गर्दछौ । धन्यवाद

लेखक सिद्दार्थ मा.वि. घोप्टे ओढार जिनाबाङ रोल्पाका नमुना बिद्यालय निर्माण अभियान समयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना