उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवा"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमालेको निती र विचार यसकारण सही छ’

२५ असार २०७४, आईतवार ०७:३९

उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।

निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।

नेकपा एमाले ले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्या हरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ ।

एघार बर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ । आज पनि शान्ति प्रकृयालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील देखिन्छ ।

एमाले नै किन:

एमालेले नौ महिने शासनकालमा धेरै जनमुखी कार्यक्रमहरु ल्याएर जनताको मन जितेको थियो त्यसलाई अरु पार्टीको सरकार बन्दा पनि पछ्याइएको थियो । त्यस कारण पनि एमाले राम्रो कार्यक्रम दिने पार्टीको रुपमा स्थापित भइसकेकाले पुनः उसलाई भोट दिएर सरकार बनाउन मद्दत गर्नुपर्ने देखिन्छ । तेस्रो कुरा, एमाले हरेक आन्दोलनको अग्रीम मोर्चामा रहेको थियो चाहे त्यो लोकतान्त्रिक आन्दोलनको मोर्चा होस् चाहे २०४६ सालको आन्दोलन होस् । २०६२/०६३ को आन्दोलनको मूल योजनाकार रही एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यस कारण पनि ऊ भोटको हकदार बनेको छ । चौथो कुरा, तत्कालीन राज्य र विद्रोही दुबै पक्षलाई बन्दुकको माध्यमबाट समस्याको समाधान हुदैन भन्ने चेतना जगाई सिलगुडीदेखि दिल्लीसम्म र रोल्पादेखि लखनउसम्मको जोखिमपूर्ण यात्रा तय गरेर दुबै पक्ष (राज्य र विद्रोही) लाई शान्ति प्रक्रियामा ल्याउन गरेको प्रयासले पनि नेकपा एमाले यो दशको जिम्मेवार पार्टीको रुपमा आफूलाई स्थापित गरिसकेको हुदा एमाले नै भोटको हकदार बनेको छ । पॉचौं कुरा, नेकपा एमाले कुनै जाति, भाषा वा भेषभूषाको नाममा राज्यको विभाजन गर्नुहुदैन भन्ने पक्षमा छ । सबै भाषाभाषीहरुको सम्मान हुने किसिमले राज्यको विभाजन हुनुपर्छ भन्ने पक्षमा नेकपा एमाले दह्रोस‘ग उभिएको छ । त्यसैले सामाजिक सद्भाव बनाई राख्न

निकट भबिष्यमा हुने प्रान्तिय र केन्द्रीय संसदको निर्वाचनमा एमालेलाई भोट दिनु उपयुक्त हुन्छ । अर्को कुरा, नेकपा एमालेको नेतृत्वको सरकारमा मात्र होइन अन्य पार्टीको नेतृत्वमा एमालेका मन्त्रीहरु समावेश हु‘दा पनि एमालेले जनप्रिय कार्यक्रमहरु गरेको उदाहरण सबैका सामु प्रष्ट छ

एमाले: युगको आवश्यकता

एमाले नेतृत्व यसकारण पनि निर्विकल्प छ कि, एमालेको वर्तमान नेतृत्व समकालीन राजनीतिको सबैभन्दा डाइनामिक छ, दूरदृष्टि राख्ने, जोखिम मोलेर अघि बढ्ने सामथ्र्य राख्ने, सबैलाई समेट्न सक्ने र राष्ट्रियताको सवालमा स्पष्ट भिजन भएको छ । यस्तो नेतृत्वलाई मुलुक हाँक्ने जिम्मा दिएर अन्य दलले सहयोगी भूमिका खेल्ने हो भने केही वर्षभित्रै नेपाल समृद्ध बन्ने छ । हामी सबैले छाती चौडा पारेर भन्न सक्नेछौं, ‘हामी विकसित मुलुकका समृद्ध नागरिक हौं ।’

(नुवाकोट घर भएका लेखक एमाले सम्बद्ध युवा हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन