उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एमालेको निती र विचार यसकारण सही छ’

२०७४, २५ असार आईतवार ०७:३९

उमेश खनाल ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।

निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।

नेकपा एमाले ले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्या हरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ ।

एघार बर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ । आज पनि शान्ति प्रकृयालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील देखिन्छ ।

एमाले नै किन:

एमालेले नौ महिने शासनकालमा धेरै जनमुखी कार्यक्रमहरु ल्याएर जनताको मन जितेको थियो त्यसलाई अरु पार्टीको सरकार बन्दा पनि पछ्याइएको थियो । त्यस कारण पनि एमाले राम्रो कार्यक्रम दिने पार्टीको रुपमा स्थापित भइसकेकाले पुनः उसलाई भोट दिएर सरकार बनाउन मद्दत गर्नुपर्ने देखिन्छ । तेस्रो कुरा, एमाले हरेक आन्दोलनको अग्रीम मोर्चामा रहेको थियो चाहे त्यो लोकतान्त्रिक आन्दोलनको मोर्चा होस् चाहे २०४६ सालको आन्दोलन होस् । २०६२/०६३ को आन्दोलनको मूल योजनाकार रही एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यस कारण पनि ऊ भोटको हकदार बनेको छ । चौथो कुरा, तत्कालीन राज्य र विद्रोही दुबै पक्षलाई बन्दुकको माध्यमबाट समस्याको समाधान हुदैन भन्ने चेतना जगाई सिलगुडीदेखि दिल्लीसम्म र रोल्पादेखि लखनउसम्मको जोखिमपूर्ण यात्रा तय गरेर दुबै पक्ष (राज्य र विद्रोही) लाई शान्ति प्रक्रियामा ल्याउन गरेको प्रयासले पनि नेकपा एमाले यो दशको जिम्मेवार पार्टीको रुपमा आफूलाई स्थापित गरिसकेको हुदा एमाले नै भोटको हकदार बनेको छ । पॉचौं कुरा, नेकपा एमाले कुनै जाति, भाषा वा भेषभूषाको नाममा राज्यको विभाजन गर्नुहुदैन भन्ने पक्षमा छ । सबै भाषाभाषीहरुको सम्मान हुने किसिमले राज्यको विभाजन हुनुपर्छ भन्ने पक्षमा नेकपा एमाले दह्रोस‘ग उभिएको छ । त्यसैले सामाजिक सद्भाव बनाई राख्न

निकट भबिष्यमा हुने प्रान्तिय र केन्द्रीय संसदको निर्वाचनमा एमालेलाई भोट दिनु उपयुक्त हुन्छ । अर्को कुरा, नेकपा एमालेको नेतृत्वको सरकारमा मात्र होइन अन्य पार्टीको नेतृत्वमा एमालेका मन्त्रीहरु समावेश हु‘दा पनि एमालेले जनप्रिय कार्यक्रमहरु गरेको उदाहरण सबैका सामु प्रष्ट छ

एमाले: युगको आवश्यकता

एमाले नेतृत्व यसकारण पनि निर्विकल्प छ कि, एमालेको वर्तमान नेतृत्व समकालीन राजनीतिको सबैभन्दा डाइनामिक छ, दूरदृष्टि राख्ने, जोखिम मोलेर अघि बढ्ने सामथ्र्य राख्ने, सबैलाई समेट्न सक्ने र राष्ट्रियताको सवालमा स्पष्ट भिजन भएको छ । यस्तो नेतृत्वलाई मुलुक हाँक्ने जिम्मा दिएर अन्य दलले सहयोगी भूमिका खेल्ने हो भने केही वर्षभित्रै नेपाल समृद्ध बन्ने छ । हामी सबैले छाती चौडा पारेर भन्न सक्नेछौं, ‘हामी विकसित मुलुकका समृद्ध नागरिक हौं ।’

(नुवाकोट घर भएका लेखक एमाले सम्बद्ध युवा हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह