प्रथम जननिर्वाचित प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला लाई २०१७ पौष १ गते तरुण दलको अधिवेशन भैरहेको बेला तत्कालीन राजा महेन्द्रले सैनिक बलको भरमा गिरफ्तार गरी बन्दी तुल्याई बहुदलीय व्यवस्थामाथी प्र"/>
प्रथम जननिर्वाचित प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला लाई २०१७ पौष १ गते तरुण दलको अधिवेशन भैरहेको बेला तत्कालीन राजा महेन्द्रले सैनिक बलको भरमा गिरफ्तार गरी बन्दी तुल्याई बहुदलीय व्यवस्थामाथी प्र"/>
-सुन्दरप्रसाद जोशी “बादल”
प्रथम जननिर्वाचित प्रधान मन्त्री विश्वेश्वरप्रसाद कोइराला लाई २०१७ पौष १ गते तरुण दलको अधिवेशन भैरहेको बेला तत्कालीन राजा महेन्द्रले सैनिक बलको भरमा गिरफ्तार गरी बन्दी तुल्याई बहुदलीय व्यवस्थामाथी प्रतिवन्ध लगाई निरङकुश एक दलिय पंचायती व्यवस्था लागु गरे देखि नै गुमेको प्रजातन्त्र पुनः प्राप्तिको लागि नेपाली क“ाग्रेस र बहुदलीय पार्टीले आन्दोलन गरी नै रहेका थिए । नेपाली का“ग्रेसका कैयौं नेता कार्य कर्ताहरुलाई बन्दी तुल्याई कठोर यातनादिएका थिए ।प्रजातन्त्रवादी नेता कार्यकर्ताहरु वन्दी जीवन बिताईरहेका तथा कैयौं नेता कार्यकर्ताहरु विदेश भारत निर्वासनमा रहन बाध्य तुल्याईएको थियो भने कैयौै निर्दोष व्यक्ति नेता कार्यकर्ताहरुले प्राणको आहूति दिएका थिए ।
नेपाली का“ग्रेसका कार्यवाहक सभापति श्री शुवर्ण शमशेरको २०२५ को बक्तव्यको आधारमा बन्दी रहेका प्र.मं. वी.पी. कोईराला, गणेशमान सिह, समेतका नेता कार्यकता जेल मुक्त भएको र नेता, कार्यकर्ताहरु पनि स्वदेशमा शान्तिपूर्ण बस्न पाउने गरी शाही घोषणा अनुरुप भारत निर्वासनमा रहेका नेता कार्यकर्ताहरु समेतलाई आम माफीको घोषणा भएको थिए । तर तत्कालीन सरकारले प्र.म. वी.पी कोईरालालाई राजकाज मुद्दा लगाई प्राण दण्डको मुद्दा अदालतमा दायर गरेको थियो । निर्दलिय संविधानमा राजाको स्वइच्छा तथा राजकाज सम्बन्धी मुद्ध्राले प्राणदण्ड दिने व्यवस्था कायमै थियो । यसै समयमा २०३३÷०९÷१६ मा निर्वासनमा रहेका प्र.म. वी.पी. कोईराला प्राण दण्डको मुद्दालाई ख्यालै नगरी देशको सार्वभौम सत्ता खतरामा रहेको महशुस गरी देशहितलाई मध्य नजर राखि मेलमिलापको नीति अवलम्बन गरी २०३३÷०९÷१६ मा स्वदेश फर्केका थिए । उनलाई निरकुश सरकारले त्रिभुवन विमान स्थल बाटै गिरफतार गरी कारागारमा राखेका थिए । सोही अवस्थामा प्रजातन्त्र स्थापनामा लागेका आरोपमा “जेल सजाय भोगी रहेका यज्ञ बहादुर थापा÷भिम नारायण श्रेष्ठलाई २०३५ माघ २५ गते राति गोली हानी हत्या गरीयो” ।
सोही समयमा पाकिस्तानका पूर्व राष्ट्रपति जुल्फिकरअलिभद्दोलाई २०३५÷१२÷२२ मा त्यहा“को सरकारले मृत्यु दण्ड दिएको थियो । मृत्यु दण्डको मुद्दा खेपी रहेका वी.पी कोइरालालाई पनि कुनै समयमा नेपालका निरङकुश सरकारले फ“ंसीको स“जाय दिन सक्दथे । निरकुङश संविधान निरङकुश राजा वीरेन्द्र शाक्ति शालीको रुपमा आफूलाई मान्दथे । राजाले जुनसुकै बेला जुन सुकै नागरिक लाई प्राण दण्ड दिन सक्दथे । प्राण दण्डको माग सहित अदालतमा धेरै मुद्दा खेपीरहेका प्र.म. वी.पि. कोइरालालाई जुनसुनै समयमा प्राण दण्ड दिन सक्दथे । आफना प्रजातन्त्रवादी नेतालाई पनि प्राण दण्ड हुन सक्ने भएकाले प्राण दण्ड जस्तो जघण्य गतिविधिको नेपालमा नहोस भन्नकोलागी नेपाल विद्यार्थी संघका विद्यार्र्थीहरु २०३५÷१२÷२४ गते नेपाल स्थित पाकिस्थानी राजदुतावासमा शान्तिपूर्ण विरोध पत्र बुझाउन जांदा प्रहरी प्रशासनले विरोध पत्र रोक्न विद्यार्थी माथी अन्धाधुन्दा लाठी चार्ज, कुटपीट गरी आन्दोलन दबाउन थुन छेक गर्न थाले पछि विद्यार्थी आन्दोलन चर्किन गयो । यस आन्दोनले राष्ट्रिय आन्दोलनको रुप लिई सरकारबाट मानव अधिकार चरम रुपमा हनन हुन गयो । नेपाली कांग्रेसका नेता वी.पी. कोईराला , गणेशमान सि“ह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला र नेपाल कम्युनिष्ट पार्टिका मनमोहन अधिकारी समेतबाट विद्यार्थी आन्दोलनलाई समर्थन गरेका थिए । आन्दोलन समाल्न गाह्रो भएपछि राजा वीरेन्द्रले बहुदल माथीको प्रतिबन्ध फुकुवा गरी २०३६ मा जनमतको घोषणा गरी नेपाली जनताले कुनै एक व्यवस्था रोज्न पाउने अधिकार प्राप्त हुनुका साथै अदालतमा रहेका वी.पी.को प्राण दण्डको मुद्धा र जेलमा रहेका नेता कार्यकर्तालाई माफी दिएका थिए ।
राजा महेन्द्रको २०१७को प्रतिगामी कदम पछि पर्वतका २००७ का प्रजातान्त्रिक योद्धा नारायणप्रसाद जोशी, देवी वहादुर पाण्डे समेत सधै कार्यकर्ताहरु भारत निर्वासनमा रहे भने नेपालमै रहेका कृष्णबहादुर जोशी, अमृत प्रसाद जोशी, उमापति भुसाल, गगन वहादुर कुव“र समेत कार्यकर्ताहरुलाई जिल्ला छाड्न नपाउने गरी वन्देज लगाइएको थियो । पछि पञ्चायतका कार्यकर्ताका रुपमा रहेका अमृत प्रसाद समेतलाई जिल्ला बाहिर जान बन्देज समेत गरिएको थियो । गुमेको प्रजातन्त्र पुनः स्थापनामा लागेको नेपाली का“गे्रसका कार्यकर्ताहरु प्रति सयमसमयमा विभिन्न प्रकारका यातना र मुद्धाहरु लगाइ यातना दिइनै रहे । का“ग्रेस नेता कार्यकर्ताहरुलाई हत्या गरी हजारौं हजार नारीहरुको सिंन्दुर चुरा फुटाई बाल बच्चालाई असाहय तुल्याए ।
प्रजातन्त्र पुनः स्थापनाको लागि प्रजातन्त्रको लडाईमा आफ्नो प्राण हत्केलामा लिएर प्रधान मन्त्री महामानव विश्वेश्वरप्रसाद कोइराला राजाबाट घोषणा भएको जनमत संग्रहको घोषणालाई स्वीकर गरी जनता समक्ष निर्णय कथघारामा उभिएका थिए ।
देशमा जनमत संग्रहको घोषणा भए पछि नेपाल राज्यमा नै वहुदल पक्षमा जनताहरु उर्लन थाले । तत्कालीन प्रधान मन्त्री सुर्य वहादुर थापाको सरकार तथस्त रुपमा रहन नसकि निर्दल पक्षलाई जिताउन राष्ट्रका ढिकुटी तथा तराईका वन जंगल रित्याए । जिल्ला जिल्लामा मन्त्रिका सदस्य एवं उच्च पदस्थ कर्मचारी एवं जिल्लाका प्र.जि.अ., सेना, प्रहरीलाई निर्दल पक्षलाई जिताउन निर्देशन दिई देशकै सम्पतिको चरम दुरुपयोग गरे ।
बहुदल पक्षको जनलहरले जिल्ला जिल्लामा वहुदल प्रचारप्रसार समिति समेत हुने गयो । पर्वत जिल्लामा पनि नेता अमृत प्रसाद जोशीको अध्यक्षतामा लाल काजी गुरुङ, नारायण प्रसाद जोशी, , गगन वहादुर गुरुङ, भीम वहादुर पाठक, उमा पति भुसाल, हरि प्रसाद श्रेष्ठ, हरिदत्त तिवारी, यमप्रसाद गुरुङ, पुर्षोत्तम चोचाङ्गी, इन्दु शर्मा, तारकेश्वर रेग्मी, थमानसिंह थापा, लोकनाथ आचार्य, मथुरा कुमार जोशी, काशी कुमार जोशी, नारायणप्रसाद जोशी, समकुमार जोशी, भवानी शंकर पौडेल, जयप्रसाद रेग्मी, क्या. अविर पुन, रुद्रप्रसाद चापाई, रामचन्द्र शर्मा, बलभद्र शर्मा भद्रवीर गुरुङ, डम्मरु शर्मा, हरिप्रसाद लामिछाने, हरिप्रसाद शर्मा समेत भएको बहदुल प्रचारप्रसार समिति गठन भएको थियो । त्यस्तै कम्युनिष्ट विचार धाराका व्यक्तिहरु पनि वहुदल पक्षमा क्रियासिल भई विभिन्न कार्यक्रमहरु सञ्चालन गरी बहुदल पक्षको प्रचारप्रसार गरेका थिए ।
प्रभावशाली बहुदल पक्षका नेता श्री अमृतप्रसाद जोशीलाई निर्दल पक्षमा आकृष्ट गर्न प्र.म. सुर्य वहादुर थापा हेलिकप्टरमा कुश्मामा आई नेता अमृत प्रसादलाई व्रिफकेस भरिका नोटका विटा उघारी प्रलोभनमा पार्न खोजे तर स्वच्त छवि भएका नेता अमृत प्रसादले करोडौको रकमलाई तृण बराबर मानी लत्याईदिइ धन भएको व्रिफकेशलाई अस्वीकार गरिदिई आफ्नो बहुदल प्रतिको आस्थामा अगि रही जिल्लाका विभिन्न क्षेत्र गाउँमा बहुदल पक्षको प्रचारप्रसारमा लागि नै रहे ।
बहुदल प्रचारप्रसारको क्रममा सर्वमान्य नेता श्री गणेशमान सिंह २०३६ मा कुश्मा आउनु भै नेता श्री लालकाजी गुरुङको अध्यक्षतामा विशाल आम सभा हुन गएको थियो । पोखरा हवाई मैदानमा पर्वत लगायत कास्की, स्यांजा, तनहुका हजारौं हजार कार्यकर्ताहरुले नेता गणेशमानको भव्य स्वागत गरेको थिए । नेता गणेशमान सिंह पैदल हिंडि स्यांजा नौडाडा, सेतीदोभान, रंगेठांटी, चिलाउनेभाटी, कार्कीनेटा, कटुवाचौपारी हुंदै कुश्मा सम्म आइपुग्दा बाटोमा हजारौं हजार जनताले भव्य स्वागत गरेको थिए ।
तत्कालिन समय पञ्चायतका विभिन्न पदमा आसिन भै प्रजातन्त्रप्रति आस्थावान प्रधानपञ्च, उपप्रधानपन्चहरु, अमृतप्रसाद जोशी, लालकाजी गुरुङ, भद्रवीर गुरुङ, भवानी शंकर पौडेल, टेकबहादुर वि.क., लोकनाथ आचार्य, भलभद्र शर्मा, पुर्षोराम चोचांगी, क्या.अविर पुन, उमापति भुसाल भीम बहादुर पाठक, गगन वहादुर कुवंर, यम प्रसाद गुरुङ, कलानिधि शर्मा समेतका व्यक्तिहरुलाई तत्कालिन जिपं सभापति क्ष्ोत्रबहादुर गुरुङ, माननिय डम्वर बहादुर मल्लको राय निर्णयले पदबाट हटाई निलम्बन गरेका थिए ।
पर्वतमा बहुदल पक्षधरका नेताकार्यकर्ताहरुको मनोवल गिराउन पञ्च प्रशासनले विभिन्नु क्रुर क्रियाकलापहरु गरी कुटपिट, लुटपाट गर्ने गरेका थिए । तत्कालिन राज्य मन्त्री भिमप्रसाद गौचन, बागलुङका रापंस तेजेन्द्र बहादुर खड्का पटक पटक कुश्मा आई बहुदल पक्षमा लागेका व्यक्ति विरुद्धमा विभिन्न घट्नाहरु घटाएका थिए । बहुदलबादी भएकै कारण निर्दोष व्यक्तिहरुलाई थुनछेक, कुटपिट तथा बजारमा आतंक मच्चाउने कार्यहरु गर्दै आएका थिए । जनमत संग्रहमा अधिकांश नेपालीहरु बहुदल पक्षमा भए पनि सरकारको निर्दल पक्षलाई जसरी पनि जिताउनु पर्छ भन्ने मान्यताले निर्दल पक्षलाई ५४ प्रतिशत र बहुदल पक्षलाई ४६ प्रतिशत मत पाएको धांधली सहितको घोषणा गरे । बहुदल पक्षमा जनमत भएको भए पनि निर्दल पक्षलाई विजयी भएको घोषणा गरी यसै क्रममा वि.पि. कोइरालाले घोषण जेजस्तो भए पनि जनताले अधिकार प्राप्त गरी पाएको अधिकारको समिक्षा गरी निर्दल पक्षलाई विजयी गराएको घोषणलाई स्वीकार गरि जनताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
राजा वीरेन्द्रको २०३६ जेष्ठ १० गतेको शाही घोषणा अनुरुप जनमत संग्रहमा पहेंलो चिन्ह र निलो चिन्ह रोज्न पाउने अधिकार पाए पनि निरङकुस सरकारका मण्डलेहरुले नीलो चिन्ह बहुदलीय व्यवस्थामा आस्था राख्ने व्यक्तिहरुलाई आक्रमण गर्ने कुटपीट गर्ने झुट्टा मुद्धा लगाउने गिरफतार गर्ने कार्यहरु गर्न थाले । धवलागिरी अञ्चल अन्तरर्गत पर्वत म्याग्दी, बाग्लु«ङ र मुस्ताङमा दिनह“ु यस्ता धेरै घटना घटाउन थाले ।
२०३६ को जनमत संग्रहको समयमा बहुदल पक्षमा लाग्ने नेपाली कांग्रेसको नेता कार्यकर्ताहरु लाई पञ्चायतका पृष्ठपोषकहरुद्धारा थुनछेक गर्ने धम्काउने लुटपाट गर्ने जस्ता कार्य राज्यभरमा नै भैरहे ।धौलागिरी अञ्चिलका म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा भुपेन्द्र बहादुर खड्का, चन्द्र शेखर श्रेष्ठको घर तोडफोड गर्ने डा. भुपेन्द्र खड्का, ओम बहादुर वोगटि चन्द्र शेखर श्रेष्ठ, ओम प्रसाद श्रेष्ठ, गणेशलाल श्रेष्ठ, मेजरमान श्रेष्ठ, मान बहादुर के.सी. ,वीरेन्द्र कुमार श्रेष्ठ नन्द सेवक समेतलाई सार्वजनिक मुद्दा लगाई दुंख दिने काम गरेका र पर्वतको सदरमुकाम कुश्मामा पनि पञ्चायत पृष्ठ पोषकहरु खड्गबहादुर गुरुङ, भद्र बहादुर भण्डारी चित्र बहादुरतुलाचन, कुलबहादुर गुरुङ, इक्षाबहादुर गुरुङ समेतको व्यक्तिहरुले बहुदलीय पक्ष का घर घरमा ढुंगा वर्षाउ“दै कुटपीट गर्ने ने.का.का. नेता नारयणप्रसाद जोशीको दोकानका सामाग्री तोडफोड लुट पाट गरी आतंक मच्चाएका र बहुदलमा लागेको व्यक्ति पङतिकार सुन्दरप्रसाद जोशी, मथुराकुमार जोशी रामकुमार जोशी, हिराबहादुर जोशी, महेन्द्रकुमार जोशी, अंगदकुमार जोशी, हिक्मतप्रसाद जोशी बावुराम जोशी, काशीराम चपाई, कमलनाथ पोख्रेल, बलराम कर्माचार्य समेत लाई सार्वजनिक मुद्दा लगाएका र मथुराकुमार जोशी, सुन्दरप्रसाद जोशी रामकुमार जोशी, बलराम कर्माचार्य अंगदकुमार जोशी समेतलाई प्रहरी हिरासतमा राखी यातना दिएका र सुन्दरप्रसाद जोशीलाई सार्वजनिक मुद्दा ज्यान मार्ने उद्योग, लुटपाट जस्ता ४÷५ मुद्दा लगाईएको थियो । तत्कालीन जि.पं. सभापति क्षेत्रबहादुर गुरुङको अध्यक्षतामा २०३६÷१२÷२५ गते बसेको जि.वि.स.को नं. २ को निर्णयले बहुदलमा लागेको भनि पङतिकार सुन्दरप्रसाद जोशी लाई र जि.प. का भु.तेजमान श्रेष्ठलाई अवकास दिने निर्णय गरी कार्यान्वयनको लागी सम्बन्धित निकायमा पत्राचार गरेका थिए । यस्तै धवलागिरी अञ्चलका चारै जिल्लाको बहुदल बादि कार्यकर्ताहरुलाई विभिन्न मुद्धाहरु लगाइएको थियो ।
नेपालका प्रजातन्त्रका संवाहक एक आर्दश नागरिक राष्ट्र राष्ट्रियता प्रजातन्त्र, समाजवादप्रति इमान्दारीकताका साथ योगदान दिने प्रेरणाको श्रोतको रुपमा विश्वमान चित्रमा अंकति वि.पि. कोइरालालाई लिन सकिन्छ । पञ्चायतकालीन समयमा बहुदलप्रति विश्वास राख्ने कैयु व्यक्तिहरु निर्वासन भए, कोही झेल खानाको काल कोठरीमा बन्दी भए पञ्चायती सिद्धान्त नमनानेर मुलुक भित्र रहेका पञ्चायति व्यवस्था विरोध व्यक्तिहरु राज द्रोह मृत्युदण्डको मुद्दा खेप्दै जेल यातना समेत भोग्न बाध्य तुल्याइए । स्वयम वी.पी. कोइराला समेतको नेताहरु जेलजिवन विताउन बाध्य भए धवलागिरीका स्थानिय नेता कार्यकर्ताहरु यसमा अछुतो रहेनन । सरकारले मुद्धाकोे २०१७ देखि आन्दोलनको क्रममा विभिन्न व्यक्तिहरुलाई पनि गिरफ्तार गरी जेलयाताना दिएको दर्दनाक कथाव्यथाहरु प्रशस्तै छन ।
हरेक व्यक्तिले हरेक क्षेत्र सफलता उन्नति र विजयको झण्डा फहराउन चाहेको हुन्छ । जीवनमा सफलता प्राप्तिको कर्म गर्न हामी मानवको जन्म शिद्ध्र अधिकार हो । भने हाम्रो कर्म अनुसार दृढ विश्वासको प्रतिक हो । हाम्रो मनोकांक्षा साकार होस भन्ने चाहन्छौ । व्यक्तिको इच्छा कार्य यसै सफल हुन सक्दैन । एक व्यक्ति प्रतिको समस्या स्वस्फुर्त भावना विना साकार हु“दैन । प्रजातन्त्रको हिमायतिहरुलाई निरङकुंश सरकारबाट दिएको यातना मुद्दा मामिलाहरु बहुदलिय प्रजातन्त्र पक्षमा लाग्ने सपुतहरुलाई सो बहुदलमा लाग्ने प्रेरण पनि एउटा आस्था हो । यिनै आस्थामा अडिक रहेका महामानव वी.पी. कोइरालाल निर्वाह गरेका भूमिका पक्कै पनि प्रजातन्त्र प्राप्तिको लागी लड्ने योद्धाहरु समेतलाई समाजले पहिचान गरेको सकारात्मक बाटो हुन ।
२०१७ पौष १ गते अपहरण भएको बहुदलीय प्राजतन्त्र नेपाली नागरीकको गुमेको अधिकार तथा स्वतन्त्रताको लागी हजारौ नेपालीले प्राणको आहुति दिए । नेपाल आमाको कोख रित्तो भयो । तिनका श्रीमतीको सिउ“दो पुछियो । शौभाग्यको हातको चुरा फुटाए । लाला बाला टुहुरा र असाय बन्न पुगे विभिन्न मुद्दाहरु लगाइए । लोकतन्त्र र मानव अधिकार एक सिक्काका दुई पाटा हुन । मानव अधिकारको जगमा आधारित लोकतन्त्र मात्र दिगो र भरपर्दौ हुने गर्दछ । लोकतन्त्र प्रजातन्त्र कर्म भिरुको योगदान ले त्यतिनै बलियो हुन्छ । यो कसैका लहरमा चल्ने होइन यस्को विश्वव्यापी मान्यता छ । व्यक्तिको आत्मा सम्मान मौलिक हक आर्थिक सामाजिक र सा“स्कृतिक अधिकार राष्ट्रियता प्राजातन्त्र सामाजीक न्याय पे्रस स्वतन्त्रता निस्पक्ष र प्रभावकारी न्यायपालिका साथै निष्पक्ष र स्वतन्त्र वास्तविक चुनावबाट गठन भएको जवाफ देही सरकारले परिकल्पना गर्दछ । चुनिएका जन प्रतिनिधि तथा सरकारबाट हनन हुन गएको मानव अधिकारहरुको पालना गर्नु मानव अधिकारको प्रत्याभूति दिलाउनु मानवीय कानून र मानव अधिकार कर्मीहरुको कर्तव्य हुन आउछन् । यिनै कर्तव्य पालना गराउन पंचायत काल कोठरीको अन्त्य गरी हनन् भएको मानव अधिकार, प्रजातन्त्र दिलाउन अनवरत रुपमा आफ्नो प्राणलाई आहुति दिन वी.पी. कोइराला पछि परेनन् । वि.पि. कोइरालाको जीवन यात्रानै समाजवाट अन्धकार हटाई शिक्षित र स्वतन्त्रता दिलाउन अग्रसर हुंदाहुंदै वी.पी. कोइराला २०३९ साल श्रावण ६ गते यस संसार बाट विदा लिएको थिए ।
जन्म मृत्यु निरन्तर चलिरहने कृया हो । सबै व्यक्तिको इतिहास बन्दैन । वर्तमान समयमा विज्ञान र प्रविधि भएको कारण जन्म र मृत्युलाई केही कृर्तिम बनाइएको भएता पनि मानव जातिले प्रकृतिमाथि बिजय हासिल गर्न सकेको छैन । मानवको रुपमा जन्म भै सकेपछि मात्र होइन विधि शास्त्रको हिसावले आमाको गर्भमा अस्तित्वमा आउना साथ उसको अधिकारको शृङखला शुरु हुन्छ । समयको अगाडि यो नश्वरदेह ले हार मान्नु नै पर्ने नियम छ । तर महामानव वी.पी. कोइराला घांटीको क्यान्सर रोगबाट पनि विजय गर्दै नेपाली जनताको न्याय, राष्ट्रियता, प्रजातन्त्र, स्वतन्त्रता दिलाउनको लागि अनवरत रुपमा लागि नेपाली जनताहरुप्रति देहको जीवन्तसम्म विजय हासिल गरी अन्यायको बाटोलाई न्यायमा परिवर्तन गराउन हार खाएका थिएनन् । यहि नै वी.पी. कोइरालाको आत्मा विश्वास अधिर रहीरहेको मान्नु पर्दछ ।
प्रधानमन्त्री वी.पी. कोइराला नेपाल राष्ट्र बचाउन, जनतालाई प्रजातन्त्र दिलाउन २००७ सालमा निरंकुश राण शासनको अन्त्य गर्न २०१७ साल को राजा महेन्द्रको निरकुंश पञ्चायति व्यवस्था अन्त्य गरी नेपाली जनतालाई प्रजातन्त्र दिलाउन खेलेको भूमिका अतुलनीय योगदानहरु, समाज परिवर्तनको क्षेत्रमा खेलेको भूमिका अन्यायको विरुद्धमा प्रजातन्त्र वादीहरुको पक्षमा खेलेको भूमिका र सेवा सहयोगको लागी धवलागिरी बासीले मात्र नभई राज्यको सबै निकायले कदर र सम्मान गर्नुपर्ने मेरो धारणा सहित प्रजातन्त्रवादी समाजवादी महामानव वी.पी. कोइरालाको आत्माले यस ३५ औं स्मृति दिवसको अवसरमा सदा चिरशान्ति पाओस् भनी श्री परमेश्वर मुक्तिनाथ धाम, ऋषेश्वर रिडिधाम, बराहा क्षेत्रधाम, पशुपति क्षेत्र धाम, प्रशिद्ध बाग्लुङ कालीका तथा कुश्मामा भाजविर जोशी बाट स्थापित श्री भिमेश्वर नारायण भगवान समेतमा प्राथना गर्दछु । अस्तु ।