दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भ"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टिप्पणी –जिसस पर्वतका संयोजकको नियत कि असक्षमता ?

१ आश्विन २०७४, आईतवार १०:१६

दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भएको छ र सोमबार तेस्रो चरणमा स्थानीय तहको चुनाव सम्पन्न हुदैछ । 

संविधान जारी गर्न र संविधानका उपलब्धीलाई संस्थागत गर्नको लागि हजारौ शहिदको बलिदान र पौने तीन करोड नेपालीको त्याग, तपस्या र बलिदान छ । राजनीतिक दलहरुले नेतृत्व गरे जनताले साथ दिए त्यसैले आज नयाँ नेपालको नयाँपन गाउँनगरमा सिंहदरबार पुग्दैछ ।

झण्डै २० बर्षसम्म सम्पन्न हुन नसकेको स्थानीय तहको निर्वाचन नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वको सरकारले सम्पन्न गर्दे छ । यसमा अन्य राजनीतिक दलहरुको पनि साथ र सहयोग छ ।

स्थानीय तहको चुनाव सम्पन्न हुदाँ साथ प्रदेश सभा र प्रतिनिधिसभाको चुनावपनि सम्पन्न हुनेछ र यहि माघको पहिलो साता भित्र नयाँ संविधानले पूर्ण कार्यान्वयन र सार्थकता पाउनेछ ।

संघीय स्वरुपमा गएको नेपाल र सोही अनुसार स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला स्थानीय तहको जिम्मेवारी बोकेका छन् । स्थानीय तहको विकासका लागि जनताले चुनेका प्रतिनिधिहरु भलै राजनीतिक दलहरुबाट आएका हुन् तर तिनीहरुको मुख्य काम र जिम्मेवारी भनेको नागरिकको सेवा गर्नुनै हो ।

दलीय स्वार्थभन्दा माथि उठेर स्थानीय तहको विकास र जनताको सेवामा समर्पित हुनुनै जनप्रतिनिधिहरुको धर्म र कर्तव्य हो । समान सहभागीता, अस्तीत्व स्वीकार गरेर सवैको पहुँच पु¥याउनको लागि नेपालको संविधानले नीतिगत रुपमानै तोकेको छ जसका कारण कोहि पनि अघीपछि पर्ने वा तलमाथि हुने सम्भावना कमनै देखिन्छ ।

नेपालको संविधानले प्रेसलाई कानूनी रुपमा देशको चौथो अंगका रुपमा किटान नगरेता पनि मौखिक रुपमा भएता पनि मान्दै र मान्यता दिदै आएको छ ।

देशको आमुल परिर्वतनका लागि मिडिया र संचारकर्मीको भुमिका अहम छ । यसमा कसैको पनि दुइ मत नहोला । जनयुद्धकालको समय होस् या लोकतन्त्र वा त्योभन्दा अघिल्ला कालखण्ड हुन । देशका संचारमाध्यमले सकरात्मक पहल गरेका छन् र सोही अनुसार देशको विकास र निकासको लागि मार्गदर्शन पनि गरेका छन् ।

 राजनीतिक दलहरु लर्खाएको बेलामा होस् वा निदाएको बेलामा होस् झकझकाउने काम पनि संचारमाध्यमले गरेका छन् । आर्थिक विकास, राजनीतिक र सामाजिका निकासकालागि भूमिका निर्वाह गर्दै आएका संचारमाध्यममाथि उपेक्षा गरिनु क्षम्य छैन ।

असोज ३ गते गणतन्त्र नेपालको संविधान जारी भएको दिन । राजनीतिक दल, नागरिक समाज, संचारमाध्यम लगायतका तमाम सरोकारवाला निकाय र स्वयम नेपालका पौन तीन करोड नेपालीको योग्दानबाट प्राप्त दस्ताबेज हो ।

मधेसी जनताले अझै पनि नेपालको संविधान २०७२ लाई पूर्ण रुपले स्वीकार गरेको अबस्था छैन । संविधान दिवस देशभरी सरकारले मनाउने निर्णय गरेको छ सोही अनुसार स्थानीय तहलाई समेत निर्देशन दिएको छ । 

पर्वतमा जिल्ला समन्वय समितिले संविधान दिवस मनाउने सन्दर्भमा लेखेको पत्रमा जिल्लाका संचारमाध्यमलाई अपमान  गर्ने खालको छ । जिल्लामा भएका सवै संचारमाध्यमलाई संविधान दिवस मनाउनको लागि पत्र नकाट्नुमा जिसस पर्वतका संयोजक मनोहर वि पौडेलको नियत र असक्षता देखिएको छ ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघसँग तुलना गरे जिल्लामा भएका केहि रेडियो र टेलिभिजनको नाममा पत्र काटेर अधिबक्ता समेत रहेका जिसस संयोजक पौडेलले आफ्नो असक्षता देखाएका छन् ।

अधिबक्ताको लाइसेन्स भएता पनि उनी अझै पनि असक्षम छन् । पत्रकार महासंघ, रेडियो एफएम, टेलिभिजन एकै होइनन् भन्ने कुरा भुलेका छन् अर्थात् आफ्नौ हैसियत उजागर गरेका छन् ।

यो गलतबश भन्दा पनि नियत र असक्षताको पराकाष्ठानै हो । जसले उनको भावी कार्यकालको लागि समेत चुनौति थपेको छ । निष्पक्ष,बफदार र इमान्दारका साथ उनले पाँच बर्षे कार्यकाल पुरा गर्नको लागि सक्षम छैन भन्ने पनि देखाएको छ । निर्वाचित भएको केहि समयमानै जिल्लाका आम संचारमाध्यमलाई अपमान हुने र बहिष्कार गर्ने जस्तो पत्र लेख्नु आफैमा मुर्खता र कमजोरी हो । महाभूल हो ।

पत्रमा उल्लेखित मिडियाबाहेक अरु मिडियासँग समन्वय गर्नु वा नगर्नुमा कुनै पनि दुखेसो छैन । तर जे जसरी पत्र लेखिएको छ त्यसले आम संचारमाध्यम र संचारकर्मीको अपमान गरेको छ । राज्यले चौथो अंगका रुपमा पुज्ने नेपालका संचारमाध्यमलाई अपमान गर्ने अधिकार जिसस पर्वतका संयोजकलाई छैन ।

गल्ती समयमानै सुधारौ, निर्यण परिमार्जन गरौ । यसले जिसस संयोजकको कार्यकालको लागि कलंकको टिका लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान