आर्थिक प्रगतिको अभिलाषा बोकि विदेशिएको म, त्यही पवित्र तपोभूमि धार्मिक धाम रेसुङ्गाको काखमा जन्मेको एक नागरिक हुँ । रेसुङ्गा खहरेको चिसो पानीले सिंचिएको मेरो ज्यान पंचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आर्थिक प्रगतिको अभिलाषा बोकि विदेशिएको म, त्यही पवित्र तपोभूमि धार्मिक धाम रेसुङ्गाको काखमा जन्मेको एक नागरिक हुँ । रेसुङ्गा खहरेको चिसो पानीले सिंचिएको मेरो ज्यान पंचा"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यस्तो आयो प्रदिप ज्ञवालीको नाममा प्रवासबाट खूला पत्र

२४ कार्तिक २०७४, शुक्रबार १०:१४

आर्थिक प्रगतिको अभिलाषा बोकि विदेशिएको म, त्यही पवित्र तपोभूमि धार्मिक धाम रेसुङ्गाको काखमा जन्मेको एक नागरिक हुँ । रेसुङ्गा खहरेको चिसो पानीले सिंचिएको मेरो ज्यान पंचासे भञ्ज्याङमा मेलापात गाई गोठाला गर्दै हिंडेको याद ताजै छ, अझ साउने औंसी र कार्तिके ठुला एकादशीमा रेसुङ्गा मेला पछि बलिथुमको सांस्कृतिक रमाईलो खाडीबाटै गुमाईरहेको छु ।

म जस्ता तमाम नेपालीहरुले विदेशमा निश्चित कालखण्डमा भएका तिव्र विकासको गतिलाई नियाल्दा एउटै मात्र अपेक्षा मनमा पलाउंछ कि “हाम्रा नेताले पनि विकसित राष्ट्रहरुको प्रगतिशैली हेरेर मेरो देशलाई छिट्टै समुन्नत बनाए भावी पुस्ताहरु पानी नभेटिने मरुभूमिमा उज्यालो भविष्य भेटाउन भन्दै धाउनै पर्दैनथ्यो कि ?” त्यसैले जसरी ढाव, खहरे, छहरा र डल्ली खोलाहरुको वेग गतिशिल बडिगाडले समेटेर अनन्त यात्रा तय गरेको छ, एक निर्भिक नेतृत्व जो आम नेपाली जनताका उदाउंदा नक्षत्र वाम गठवन्धनका साझा उम्मेदवार प्रदिप ज्ञवालीलाई मेरो क्षेत्रबाट विजयी गराउनुहुन अपिल संगै शुभेच्छा पस्किंदै छु ।

नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्न, मुलकमा संविधानसभा मार्फत् ८ वर्षमा तयार पारिएको नेपालको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजान आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनताको चाहना र मर्मको उचित संवोधन संगै राजनैतिक स्थायित्व कायम गर्न वामपन्थी दलहरु एक ठांउमा उभिएर देशभर निकै उत्साह र उमंगका साथ उम्मेदवारी घोषणा पछि एउटा ऐतिहासिक घटनाक्रम प्रारम्भ भएको छ ।

मेरो देशमा निर्वाचनको सरगर्मी बढ्दै गर्दा सर्वाधिक चर्चामा रहेको गुल्मी प्रतिनिधिसभा क्षेत्र नं १ का वाम गठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्रकान्त भण्डारी बिचको प्रतिस्पर्धा रोचक हुने आम अनुमान तथ्य हो । आफ्नो पार्टी पटकौंपटक सरकारमा छंदा विना विभागीय मन्त्री सम्म नभेट्ने नेतालाई जिताएर पठाउने वा प्रचारवाजी गौणमा राखी आफु जित्दा होस् वा हार्दा गुल्मीलाई दिर्घकालिन हित हुने बिकास निर्माणमा जोड दिने र भविष्यका आश लाग्दो मन्त्रालय पाउन सक्ने नेतालाई छान्ने ? यो निर्णय लिने जिम्मा तपाई हाम्रो हो ।

गत संविधानसभाको दोश्रो निर्वाचनमा पराजय हुंदा नेता ज्ञवालीले तुरुन्त आफ्ना कार्यकर्ता, मतदाता, शुभचिन्तकहरुलाई दिएको सान्त्वना र आभार शब्दहरु कम भावुक थिएनन् । वंशजले मेरो कुनै नातेदार नभए पनि राम्रोलाई राम्रो भन्न म स्वतन्त्र छु जस्तो लाग्छ । सुडान घोटाला प्रकरण अनुसन्धानमा निर्भिक भई छानबिन गरि भ्रष्टाचारीलाई कार्वाहीको दायरामा ल्याउंदाको चुनौति सहजै अन्दाज गर्न सकिंदैन, शान्ति प्रकृयामा खेलेको केन्द्रिय भूमिका र सरकार एवं पार्टीका निति निर्माणमा उनको अपरिहार्य जस्तै रहेको कारण पनि आज राष्ट्रको गहना बन्दैछन् ।

अत्यन्तै बौद्धिक, शालिन, प्रष्ट वक्ता, राष्ट्रको अभिभावक तथा कविको समेत संज्ञा दिईने नेता ज्ञवालीद्धारा रचिएका सहयात्री, शितविन्दु, चिता जलिरहेछ, मार्क्सवादको सिर्जनात्मक प्रयोग र नेपाली क्रान्ति, विना शालिकका नायकहरु जस्ता थुप्रै कृतिहरु संगै सयौं फुटकर रचनाहरु अध्ययन गरेको छु र त कहिलेकांही दुख लाग्छ विगतमा हामीले श्रीखण्डको पहिचान नभएर दाउरा बालिएछ तर यसपाली त्यो भुल नदोहोरिने प्रतिवद्धता गरौं ।

म सरकारी सेवामा रहंदा गत संविधानसभाको निर्वाचनमा गुल्मेली नेताहरुलाई नजिकबाट नियाल्ने भुमिका मिल्यो, उनको भोट माग्ने शैली अचम्म लाग्थ्यो “यसपालीको चुनाव जितेर कुनै स्थान विशेषमा ठोस विकास गर्ने भन्दा पनि जनताका अधिकारहरु सुनिश्चित गर्ने, आर्थिक समृद्धि संगै समुन्नत बिकासको दस्तावेज ‘संविधान’ तयार गर्ने चुनाव हो, मलाई संविधान लेख्न पठाउनुहोस्” उनको यो भाषण शैली सुनिरहंदा लाग्थ्यो उनि कुनै पार्टी विशेषका मात्र होइनन् आम जनता/सिंङ्गो राष्ट्रका महङ्गो नेता हुन् ।

उनि गत निर्वाचनबाट पराजित भएर पनि नेपालको संविधान निर्माणमा खेलेको केन्द्रिय भूमिका जगजाहेरै छ । मुलुकमा जुर्मुराएको भ्रष्टाचार विरुद्ध “म बरु मागेर खान परोस् तर कहिल्यै भ्रष्टाचार गर्दैन” भन्दै सार्वजनिक अभिव्यक्ति दिने नेता यदि कोही छन् भने उनि प्रदिप ज्ञवाली हुन् । हामी राष्ट्रका प्रतिभावान् एवं प्रभावशाली नेतालाई विभिन्न लाञ्छना लगाउंदै निर्वाचनमा हराउछौं अनि राज्यले हेरेन भन्दै दोष नेतालाई नै दिन्छौं । त्यसैले अब विगतका गल्ती नदोहोर्याउं, प्रदिप ज्ञवाली र गुल्मेली जनता बिच फ्युजन हुने सुनिश्चितताको संकल्प दुबै पक्षले गरौं ।

आरोप प्रत्यारोपलाई खण्डन गर्न लागे जस्तो नहोस् मेरो स्वतन्त्र कलम वास्तविकतामा अडिएर स प्रमाण मात्र अघि बढ्नेछ । नेकपा एमालेको ‘आफ्नो गाउं आफै बनाउं’ कार्यक्रम पछिका कम्युनिष्ट सरकारहरुले ल्याएका जनमैत्री बिकास योजनाहरुलाई राष्ट्रिय योजना आयोगले आफ्ना नियमित बिकास कार्यक्रममा राखेर बजेट विनियोजन गर्दा तुरुन्त तस्विर खिचेर मैले गरें भन्दै सस्तो लोकप्रियता बटुल्नु अवाञ्छनिय होला ।

उसोर ०६४ सालको निर्वाचनमा विजयि पश्चात् प्रदिप ज्ञवाली गुल्मी फर्केनन् भन्ने चर्चा हुंदै गर्दा गुल्मेली जनताले नागरिक उड्डयन मन्त्री पाएको भुल्नुहुंदैन त गुल्मीमा एयरपोर्ट निर्माणको लागी कसले पहल गर्यो भन्ने किन भुल्ने ? तानसेन तमघास सडक खण्ड पक्की गर्दा देखि राष्ट्रिय स्तरको कफि अनुसन्धान केन्द्र गुल्मीमा स्थापना गर्न थोरै चुनौति थिएन !

पर्यटकिय क्षेत्रमा गुल्मीलाई विकास गर्न गुल्मीको पहिचानको रुपमा रहेको रुरु रेसुङ्गाको गौरवलाई सरकारी स्तरबाटै जिम्मेवारी लिने भुमिकामा होस् वा कालीगण्डकी करिडोर निर्माण योजनामा प्रत्यक्ष चासोका साथ तिव्र निर्माण कार्य सम्पन्न गर्ने हकमा होस् गुल्मीका यस्ता थुप्रै दिर्घकालिन प्रभाव पार्ने खालका बिकासनिर्माणका लागी आफु केन्द्र भागमा रहेर प्रचारवाजीलाई वास्ता नराखी निरन्तर जनताको सेवामा समर्पित भए । मैले यो भनिरहंदा उनको कुनै कामको प्रशंसा गर्न खोजेको नभएर पृष्ठभूमिमा रहेको सानो दृष्टान्त मात्र हो ।

यी कुराहरु विपक्षी दलका साथीहरुलाई पाच्य नहुन पनि सक्ला तर अर्को यथार्थता के पनि हो भने विपक्षी उम्मेदवारले केन्द्रबाट बटन थिच्ने उदाहरण दिंदै गर्दा नेता ज्ञवालीले हारेपनि आफ्नो पार्टीले गठवन्धन सरकारको नेतृत्व गर्दा रुद्रवेणी वामी सडकखण्डलाई ४८ करोड केन्द्रबाटै सिधै विनियोजन गर्न सफल भए । विपक्षी उम्मेदवारको चुनावी नारा बनेको पटौती सालझण्डि देखि तम्घास फास्ट ट्र्याक निर्माण परिकल्पना संविधानसभा दोश्रो निर्वाचन अगावै माओबादी नेता टोप बहादुर रायमाझी, तत्कालिन मुख्य सचिव लिलामणी पौडेल, एमाले नेता प्रदिप ज्ञवाली लगायत गुल्मी र अर्घाखांचीका धेरै व्यक्तिहरुको भूमिका रहेको खुलासा हुंदा सर्वत्र आलोचित भएका छन् ।

यो सन्दर्भमा प्रदिप ज्ञवालीको कमजोरी भएकै हो किनकि उनि केन्द्रबाटै गुल्मेली जनताको सेवामा निरन्तर लागेपनि, जनताले महशुस गरेपनि, मैले यो काम गरें भन्दै जनताको घरघरमा गएर सस्तो प्रचार गर्दै लोकप्रियता कमाउन भ्याएनन् न त पार्टी पंक्तिले नै त्यो अभियान चलायो ।

अन्त्यमा,

परिवार, समाज र राष्ट्रको समृद्धिका लागी आफ्नो स्वाभिमान कायम राखी विदेशी भूमिमा अवसरहरु खोज्दै/बटुल्दै पठाएको पसिनाको दस्तुर मेरै राष्ट्रको बृहत्तर विकासमा खर्चियोस् । चुनाव जितेपछि गणतन्त्रको कार्यान्वयन, प्राकृतिक स्रोत सम्पदाको सदुपयोग र समुचित व्यवस्थापन, गुल्मी संगै समग्र मुलुकलाई समृद्ध बनाई, विदेशिएका लाखौं नेपालीलाई स्वदेश मै अवसर सिर्जना गर्ने माहोल बनाउनुहोला गुल्मीको भविष्य एवं वाम गठवन्धनका उम्मेदवार नेता प्रदिप ज्ञवाली संगै वाम गठबन्धन प्रति हार्दिक शुभेच्छा प्रकट गर्दछु ।

खिम बहादुर के सी

दरबार गाउंपालिका १ गुल्मी

हाल युएई आबुधावी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा