राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको ताजा जनादेशले कुन दललाई के भन्यो ?

२९ मंसिर २०७४, शुक्रबार १२:०१

अशोकनाथ योगी |

राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

संधै भारत र कांग्रेस अनि साना दलले काम गर्न दिएनन् हामी स्वर्ग बनाईदिन्थ्यौ भन्ने एमालेलाई गरेर देखाउ न त हामी हेर्छौ भनेको छ ।

नेपाली कांग्रेसलाई सत्ताको फोहोरी खेल अत्ति नै भयो, बिधी मिचियो बिधान मिचियो, संगठनमा आमुल परिबर्तन गर, निती र नेतृत्व परिबर्तन गर, पार्टी भित्रका ए, बी, सि, डी र ई लेभलका कांग्रेसको भेदभाब अन्त्य गर, बीपी र गणेशमान अनि गिरिजा र शुशिलको ब्याज नखाउ आफै पनि केही गर र सशक्त प्रतिपक्षको भुमिका निर्बाह गर र गुटहरु सदाका लागि अन्त्य गर, सबैलाई पार्टीसमान ब्यबहार गर, भनेर ताजा जनादेश दिएको फेरी पनि फाहोरी खेलमा भुलेर नलाग भनेको छ ।

माओवादीका लागि संगठन बिस्तार गर्ने अवसर हो, सबै परिबर्तनकारी र क्रान्तिकारीलाई एक ठाउँमा ल्याउ, अब पनि हिंसाका कुरा र हिन्दु धर्म बिरोधी कडा कुरा गरेर सम्भब छैन । नेपाल सुहाउदो निती अबलम्बन गर भनेको छ ।

मधेशबादी दललाई तिमी मधेशमा परिक्षण सरकार चलाउ र केन्द्रसंग राम्रो सम्बन्ध बिस्तार गर, अब आन्दोलन बन्द गर भन्ने जनादेश दिएको छ ।

३ देखि ५ प्रतिशत पनि राजा र हिन्दु धर्म कहिले बोक्ने कहिले जोड्ने दललाई राम्ररी भनेको छ, तिम्रो एजेन्डा ढुलमुले भयो, राजा चाहिएको भए र हिन्दु धर्म चाहिएको मन्त्री पदका लागि किन हतार गर्यौं ? तिमी कहिले फुट्छौ-कहिले जुट्छौ ठेगान छैन के हो । तिमी राजा-राजा भन्छौ, राजा आफै आउन चाहेका छैनन ।

बैकल्पिक शक्ति भनेका नयाँ शक्तिका बाबुराम र बिबेकशील लगायतलाई जनादेशले भनेको छ कि तिमीहरु आफै किन नमिलेको ? एउटै चुनाब चिन्ह किन नलिएको ? तिम्रो बाटो के हो ? धारणा के हो ? नयाँपन के हो ? यहि भनेको छ । तिमी सानातिना दल बनेर ठुला कुरा गर्न चाहान्छौ कि अलि बैकल्पिक शक्ति बनेर आमुल परिबर्तन गर्न चाहान्छौ । परिबर्तनकारीहरु जो एमाले/नेपालीकांग्रेस र माओबादीमा रहेका छन्, उनीहरुसंग खुला छलफल गर्न किन चाहेनौ ।

टिम बिस्तार गर्न नसक्नुको कारण के हो ? स्पष्ट पार भनेको छ । कतै मिलीहाल्ने भए पनि समयमा मिल । कि त बैकल्पिक शक्ति नै बनाउन चाहेको भए कतै नमिल्ने गरी मातृभुमीको कसम खाएर लाग भनेको छ ।

नेमकिपा, माले लगाएत जनमोर्चालाई भनेको छ कि अब सानो टुकडी चलाएर काम छैन । बिघटन गर, समृद्धिको अभियानमा लाग भनेको छ ।

२०७४ को निर्बाचनमा चाहे बाम पन्थी होस, चाहे हामपन्थी, चाहे बिप्लवपन्थी होस, सबैलाई दिएको ताजा जनादेशले परिबर्तन र रुपान्तरणका लागि संबिधानमा नमिलेका मुद्धालाई मिलाएर शान्ति र समृति तिर सर्मपित हुन भनेको छ ।

त्यसैले कसैले हारेको छैन, भुमिका मात्रै परिबर्तन भएको छ । जयहोस । मंगल होस । धन्यवाद । 

(लेखक सामाजिक बिकासका अभियान्ता हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने