बालबालिका भविष्यका कर्णधार मात्र होईनन् आजका साझेदार र मानवअधिकारका हकदार पनि हुन् । बालबालिका स्वभाविकरुपमा नै एक निश्चित उमेरसम्म शारीरिक र मानसिक हिसाबले परिपक्व भइसकेका हुँदैनन् । यसर्थ एक बालक वा बालिकाको जन्मअघि र जन्मपछि उनको बढ्दो शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक पक्षमा समुचित विकासका लागि उचित स्याहार र हेरचाहको साथै कानुनी संरक्षणको आवश्यकता पर्दछ । समग्रमा हेर्दा बालबालिकाको बाँच्न पाउने अधिकार, दीर्घ जीवनको अधिकार, सहभागिताको अधिकार र विकासको अधिकारको साथसाथै सबै प्रकारका दूव्र्यवहार, शोषण, भेदभाव, हेला, उपेक्षा र तिरस्कारबाट संरक्षण पाउने अधिकार अनि बढ्दो उमेर र परिपक्वताको सापेक्षतामा आफ्नो विचार अभिव्यक्त गर्ने तथा आफूसँग सरोकार राख्ने विषय तथा सामाजिक गतिविधिहरुको निर्णय प्रक्रियामा सहभागी हनु पाउने लगायतका अधिकारहरुको उपयोग गर्न पाउनु नै साँचो अर्थमा बाल अधिकारको सुनिश्चितता हो र अहिलकोे सन्दर्भमा यो सवाल जल्दोवल्दो हिसावले उठिरहेको छ ।
कचहरी भन्नाले कर्णाली अञ्चल र यसको सेरोफेरोमा परापुर्व कालदेखि नै गाँउ समाजमा कोही कसैलाई अन्याय, अत्याचार, पीडा वा समस्या भएको अवस्थामा सो समाजका गण्यमान्य मानिसको उपस्थितिमा गाँउको कुनै सार्वजनिक स्थलमा वसी समस्या उपर छलफल तथा बहस गीर पिडित र पिडकका समस्या समाधान गर्ने परिपाटिलाई नै कचहरी भनेर भनिएको छ । यो शब्द कर्णाली अञ्चल र यस आसपासका नागरिकहरु सवैमा चीरपरिचित भएकाले पनि कालीकोट जिल्लामा बिभिन्न बिषयमा छलफल वा छिनोफानो गर्नुपर्ने भयो भने कचहरी वस्ने चलन अहिलेपनि रहेको छ ।
कर्णालीको समाजमा संस्कृतिकैरुपमा परिचित कचहरीका माध्यमवाट बालबालिकाहरुका समस्या, सवाल र मुद्दाहरुको समाधानकालागि सरोकारवाला निकायहरुलाई बढिभन्दा बढि जवाफदेही र जिम्मेवार बनाउनका लागि बालकचहरीको अवधारणा आएको हो । बालबालिकाहरुका सवालहरुलाई समुदाय नै बसी छलफल र वहस मार्फत समस्या समाधान गर्ने संस्कृतिको जगेर्ना सोचका साथ सनं २०१६ देखी सेभ द चिल्ड्र्रेन र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालद्धारा सञ्चालीत सहयात्रा परियोजना अन्र्तगत यो बालकचहरीलाई अभ्यासमा ल्याइएको हो ।
बालबालिकाहरुले भोग्दै आएका समस्यालाई पहिचान गर्ने, सोही बिषयमा समुदायमा रहेका बालबालिका र बालबालिकाका समस्या समाधान गर्ने सम्वन्धित सरोकारवालाहरु एकै थलोमा वसी समस्या समाधानका लागि छलफल गर्ने, बहस गर्ने र समाधानका लागि निचोड निकाल्ने गरिएको छ । यसवाट बालबालिकाले आफ्ना समस्याहरु खुलस्तरुपमा राख्न सक्ने र सरोकारवालाहरु पनि बालबालिकाहरुप्रति वढी संवेदनशिल र जिम्मेवार हुने वातावरण सृजना भएको पाइएको छ ।
बालकचहरीहको औचित्य ः बालसहभागीताको माध्यमवाट बालअधिकार महासन्धी १९८९ र नेपालको संबिधान २०७२ ले बालबालिकालाई दिएका अधिकारलाई प्रभावकारी कार्यन्वयन गर्न र गराउनका लागि समुदाय स्तरमा रहेका बालबालिकाहरुका जल्दावल्दा सवालको पहिचान गरी सो सवाललाई सामाजिक सरोकारकोरुपमा स्थापित गराउने उद्देश्यले बालबालिकाहरुको एक भेला मार्फत एक आपसमा वहस, छलफल तथा अन्र्तक्रिया गर्ने र साझा सवाललाई समाधान गर्ने उद्देश्यले बालकचहरीको आवश्कता महशुस भएको हो । जसले गर्दा बालबालिकाहरुका सवालहरुलाई सामाजिक सरोकारको रुपमा स्थापित गर्ने, सेवा प्रदायक निकाय र निति निर्माताहरुको ध्यान केन्द्रित गर्ने, बालबालिकाहरुलाई सशक्तीकरण गरि आफ्रना सवालहरुलाई आफै उठान गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने उदेश्यले बालकचहरीको आवश्यकता भएको हो ।
त्यसैगरीगाँउ, समुदायमा रहेका बिभिन्न जातजाति, लिङ्ग, बर्गका बालबालिकाहरु एकै ठाँउमा वसी आफ्ना गाँउ टोलमा भोग्न परेका र भोगिरहेको समस्यालाई सम्वन्धित निकायमा पु्रयाउनका लागि यो बालकचहरीले सहयोग पुर्याउछ भने बालबालिकाको क्षेत्रमा सेवा प्रदान गर्ने भनि वसेका सरकारी तथा गैरसरकारी निकायले समेत बालबालिका आवाजहरुलाई सून्ने र बालमैत्री नीति, कार्यक्रम, योजना तय गर्ने वातावरण सृजना गर्नका लागि पनि यो बालकचहरीले महत्वपुर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस बालकचहरीले बालबालिका र सेवा प्रदायक निकायहरु बिच रहेको दुरीलाई नजिक ल्याउनमा सहजीकरण गर्नेछ भने बृहत रुपमा बालबालिकाहरुका सवाललाई सार्वजनिकरण गरेर सचेतना जगाउनका लागि सहयोग पुग्नेछ ।त्यसैगरि सरोकारवाला, निति निर्माता, आम संचार माध्यम, गैरसरकारी निकाय बिच यस कचहरीले बालबालिकाका सवालहरुमा संगसंगै अभियानात्मक रुपमा कार्य गर्न सहयोग पुग्ने छ ।
बालकचहरीको खास लक्ष्य भनेको बालबालिकाहरुको नेतृत्व क्षमतामा विकास भई सरोकारवाला मार्फत बालबालिकाहरु आवाजहरुको सुनिने वातावरणको सृजना भएको हुनेछ । भन्ने छ भने यसका उदेश्यहरु निम्न रहेका छन् ।
उदेश्यहरुः बालअधिकारका सवालमा वहस र छलफल गर्नका लागि साझा मन्चको रुपमा विकास गर्ने, बालमैत्री निति निर्माण, श्रोत संकलन , योजना निर्माण, कार्यन्वयन र जवाफदेहिता प्रर्बद्धनका लागि पैरवी तथा वकालत गर्ने, बालबालिकाको क्षेत्रमा राज्यका तर्फवाट तय भएका कानुन तथ नितिहरुको प्रभावकारी कार्यान्वयन गर्न दवाव सृजना गर्ने, र आवश्यक निति र कार्ययोजना निर्माण गर्नका लागि स्थानिय तहमा पैरवी गर्ने, स्थानिय स्तरमा रहेका बालअधिकारका सवाललाई बालबालिका मार्फत सम्वन्धित सरोकारवालाहरु संग पुर्याउने बातावरणको सृजना गर्ने, बालबालिकाहरुको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरुलाई बालसंवेदनशिल बनाउन र बालबालिकाहरु आवाजहरुलाई सुन्ने बातावरणको सृजना गर्ने , बालबालिकाका सवालहरुमा जनप्रतिनिधि तथा स्थानिय सरकारलाई जवाफदेहि तथा उत्तरदायि बनाउने , शैक्षिक गुणस्तर सुधार गरि सिकाई उपलब्धी बृद्धि गर्न सरोकारवाला निकायहरुलाई जवाफदेही बनाउन सहयोग गर्ने ।
बाल कचहरी संचालन प्रक्रियाः बालबालिकाहरुका बिभिन्न सवालहरुमा बालबालिकाहरु र सम्वन्धित सरोकारवालाहरुको संयुक्त उपस्थितिमा सवालहरुलाई सवैको साझा सरोकारको रुपमा स्थापित गराउन र बालअधिकार संरक्षण र प्रर्बद्धनको अभियानलाई बिभिन्न वहस र छलफल मार्फत स्थानिय सरकारका निति, कार्यक्रम, योजना र निर्णय प्रक्रियामा बालबालबालिकाहरुका आवाजहरु बुलन्द पार्नका लागि बालकचहरी गर्ने भएकाले यो प्रभावकारी कार्यान्वयनका लागि निम्न अनुसारका प्रक्रियाहरु अपनाउनुपर्ने हुन्छ । स्थानिय तह (वडापालिका, नगरपालिका,गाँउपालिका) को आयोजनामा बालभेला गर्ने र सो बालभेला मार्फत स्थानिय तहमा जल्दोवल्दो रुपमा रहेका बालबालिकाहरुका सवालहरु पहिचान गरि प्राथमिकरण गर्ने । बालभेला मार्फत प्राथमिकतामा परेका बालबालिकाहरुका सवालहरुको उचित सम्वोधन र कार्यन्वयनका भए नभएको वा समयमै समाधान गर्नका लागि त्रैमासिक रुपमा वडा, गाँउपालिका वा नगरपालिका स्तरमा बाल कचहरीको आयोजना गर्ने , बालकचहरी आयोजना हुनुभन्दा एक हप्ता अगाडी समुदाय स्तरमा जल्दोवल्दो रुपमा प्राथमिकतामा परेको सवालका बिषयमा बालक्लव संजाल, गाँउ बालसंरक्षण समितिको बैठक वसी कचहरीको सवाल, स्थान, मिति र आमन्त्रण गर्ने सरोकारवाला ब्यक्ती वा निकायको छनौट गर्ने ।बालकचहरीमा छलफल गर्नुपर्ने सवाल, स्थान र मिति तय भई सकेपछि सम्वन्धित सरोकारवालालाई आमन्त्रणका लागि पत्राचार गर्ने, सो कचहरीमा आउन पर्ने बालबालिकाहरुलाई पनि जानकारी गरि बिषय वस्तुका वारेमा अग्रिम तयारी गर्ने, कचहरी आयोजना गरिने स्थानमा आवश्यक ब्यवस्थापकिय तयारी गर्ने र कचहरी हुने स्थानमा बसाई ब्यवस्थापनलाई ध्यान दिने, जस्तै प्रश्नकर्ता र उतरकर्ताको वसाई कहाँ कता वसाल्ने हो अगाडी नै ब्यवस्थित बनाउने,बालकचहरी संचालन गर्ने संचालकले बिषयवस्तुका वारेमा पुर्णरुपमा जानकारी लिनुका साथै पुर्ण तयारी गरेको हुनपर्ने । दुवै पक्षमा बहस वा छलफल गराउन सक्ने ब्यक्तीलाइ संचालकको रुपमा जिम्मा दिनु पर्ने,बालकचहरीमा छलफल भएका बिषयवस्तुको पुर्णरुपमा प्रतिवेदन लेखन वा टिपोटका लागि एक जना छनौट गरि राख्ने जसले गर्दा सो कचहरीमा भएमा निश्कर्षलाई माईन्युटमा दस्तावेजीकरण गर्नेमा सहयोग पुग्छ, बालकचहरीको समय अवधि बढिमा ४ घण्टाको हुनेछ लामो अवधी सम्म कचहरी गर्दा बालबालिकालाई एकै स्थानमा बसीरहन नपर्ने हुन्छ र कचहरी छोटो र रमाईलो तरिकाले सम्पन्न हुनेछ , कचहरीको अन्तिममा छलफल र वहस तथा दोहोरो अन्र्तक्रियावाट आएको निचोट तथा सरोकारवालाले गरेको प्रतिवद्धतालाई उक्त दिनमा माईन्युटमा निर्णयको रुपमा राख्ने र प्रतिवद्धताकर्ताको हस्ताक्षर गराई राख्न,बालकचहरीमा भएका प्रतिवद्धताको कार्यन्वयन भए नभएको पुन ः समिक्षा वैठक वस्ने र यदि समस्या समाधान नभएको भए पुन ः सोही बिषयमा सोही निकाय वा जिम्मेवार ब्यक्तीलाई बोलाई बालकचहरीको आयोजनागर्ने बालकचहरी अयोजना गर्दा बालसुरक्षा को सुनिश्चतता गरिएको हुनुपर्ने (जस्तै ः अभिभावकलाइ पूर्व जानकारी, सुरक्षित र पायक पर्ने स्थान, आवतजावत को समयमा सुरक्षा आदि)
बालकचहरीमा उपस्थित हुने सरोकारवालाहरु सवालसंग सम्वन्धित सरकारी तथा गैरसरकारी निकायका ब्यक्क्तिहरु,स्थानिय तहका पदाधिकारीहरु,बालबालिकाहरु, बालक्लवका पदाधिकारीहरु,बालसंरक्षण समितिका पदाधिकारीहरु,बालअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरु,शिक्षक, अभिभावक, वि.व्य.स, आमा समुह, युवा समुह, संचारमाध्यमका प्रनिनिधिहरु,बालबालिकाका सवालसंग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने र छलफलमा सहभागि गराउनपर्ने व्याक्ति तथा निकायलाई आवश्यकता अनुसार आमन्त्रण गर्न सकिने छ ।
बालकचहरी सञ्चालनका सवाल तथा बिषयवस्तुहरुःसम्वन्धित स्थानिय तहका वडा, गाँउपालिका, नगरपालिकाको बालभेलाले प्राथमिकरण गरेका सवालहरु, बालविवाह र छाउपडि प्रथा, बालबालिका माथि हुन सक्ने बालयौन दुब्र्यवहार र शारिरीक सजाय, बालबालिकाको क्षेत्रमा बिनियोजन गरेको बजेटको प्रभावकारी कार्यान्वयन, सामाजिक समानता र लैङ्गिक समावेशीकरण,अपाङ्गता भएका बालबालिकाका सवालहरु (परिचयपत्र, शिक्षामा पहुँच, बाल सहभागिता, घरेलुहिँसा) एच.आइ.भी एड्स संक्रमित तथा प्रभावित बालबालिका र उनका सवालहरु,बालगृहमा रहेका बालबालिका,आमावुवा नभएका वा अर्काको घरमा बस्न बाध्य भएका बालबालिका ,शिक्षक र बिद्यार्थीको बिद्यालयमा अनियमिता,बिद्यालय शान्ति क्षेत्रको कार्यन्वयनको अवस्था ,बिद्यालयमा गुणस्तरीय सिकाई बातावरण ,बिद्यार्थिको सिकाई उपलब्धी,आधारभुत तथा अनिवार्य शिक्षा अभियान, बिद्यालयमा उपलब्ध हुने छात्रवृति (छात्रा, दलित, अपाँगता),अर्थपुर्ण बालसहभागीता
बालकचहरीले बालबालिकाहरुको नेतृत्व बिकासका साथै बालबालिकाहरुको आवाजहरु सरोकारवालाहरुसंग बुलन्द गर्नका लागि यो सहजभएको र आगामी दिनहरुमा पनि स्थानिय सरकार सक्रिय भएपछि बालबालिकाहरुका बास्तविक आवाजहरुलाई सुनुवाई गर्न र उनीहरुका योजनाहरुलाई प्राथमिकतामा राख्नका लागि यो बालकचहरीले महत्वपुर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
- लेखकः बाले बिश्वकर्मा (परियोजना अधिकृत) सेभ द चिल्ड्रेन