२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमा, यहाँ तिम्रा सन्तानहरु व्यवहारिक हैनन्, व्यापारिक बन्दैछन् !

२०७५, ३ बैशाख सोमबार १२:५०

सरस्वती अधिकारी (खुशी) | 'मायाँ' जुन शब्द हामी सबैले उच्चारण गर्ने शब्द हो | जुन शब्दको सुरुवात नै आमा हुन् | आमाले उनको मायाँले नै सिकाइन् मायाँ-ममता, त्यसैले अहिले त्यहि शब्द उच्चारण गर्छौं | आमाले नौ महिनासम्म गर्भमा राखेर अनेकौ दु:ख र कष्ट सहेर आफ्नो सन्तानलाई धर्ति मात्र देखाउदिनन् | अमृत समान दशधारा दुध पिलाएर हुर्काउँछिन् | आफूले हजारौ कष्ट सहेर वा भोक प्यास सहेर उनले आफ्नो सन्ततिको उज्ज्वल भविष्यको लागी संघर्ष गर्छिन् | तैपनि उनि आफ्नो सन्तानको खुसीमा नै सबैभन्दा बढी खुशी हुन्छिन् | आफ्नो पिडाहरुलाई मनमा दबाएर सन्तानको खुशीमा रम्न सक्ने भनेकै आमा हुन् | 

संसारको सबैभन्दा अमुल्य चिज नै आमा हुन् | हामी संसारको जुनसुकै कुरा किन्न सकौला तर आमा किन्न खोजेर पनि पाउँदैनौं | किनकी आमा आफैमा अमुल्य हुन् | उनि त भगवानको पनि भगवान हुन् | जसलाई हामीले पुजा गर्नुपर्छ | 

चाहे शिक्षित हुन् या अशिक्षित सबैभन्दा पहिला आफ्नो सन्तानलाई संसारको सबैभन्दा अमुल्य ज्ञान दिन्छिन् आमाले | सन्तानलाई कतै थोरै ठेस लाग्दा पनि भक्कानिएर रुन्छिन् आमा तर आफुलाई ठेस लाग्दा मुस्कुराउछिन् कति पनि दु:खि हुँदिनन् |

खै कुन शब्दले सम्बोधन गरु ? के उपहार दिउ, ममताकी खानी ती आमालाई ? शब्दकोश पल्टाएर हेरें पनि | आधुनिक प्रविधिको गुगलमा पनि सर्च गरें तर उनको कतै भेटिन- आमाको त्यो अमुल्य गुन तिर्ने उपहार | सायद त्यो आमाको मायाँ भएकाले मैले त्यसको लागि तिर्ने कुनै उपहार भेट्न सकिन | सायद आमा भन्दा ठूलो यो संसारको कुनै पनि चिज नहुने भएरै होला | हरपल प्रयास गर्दापनि मैले आमाको ममतालाई चुकाउने उपहार भेटाउनै सकिन | आमाप्रति गुण लगाउन र अमृत समान दुधको भारा कटाउन जतिसुकै कोशिस गरेपनि असमर्थ नै भएँ | 

आमा, जब तिमीलाई असह्य पिडा हुन्थ्यो तब तिमीले गहभरी आँशु पार्थ्यौ र मैले सोध्थे आमा तिमीलाई के भयो ? तब तिमीले मुस्काराउँदै जवाफ दिन्थ्यौ "केहि होइन छोरी, मेरो आँखामा धुलो पर्यो, अनि आँशु आयो, म हतारिदै भित्रबाट कचौराभरी पानी ल्याउँथे र दिन्थें  र भन्थें -'आमा सरले भन्नु भएको आँखामा धुलो पर्दा कचौराभरी पानी राखेर हेर्नुपर्छ रे अनि ठिक हुन्छ रे" | तर तिमी कति महान थियौ आमा, आफ्नो सन्तान खुशी बनाउनकै लागी ती पिडाको आँशुलाई कचौराको पानीसित मिसाउथ्यौ | म अबोध थिएँ, तिम्रो दु:ख बुझ्न सक्दिनथें | 

जब मैले तिम्रो दु:खलाई बुझ्न सक्थें, त्यसबेलासम्म तिम्रो आँशु पुछ्ने अधिकार मलाई भएन | मलाई मेरो माइतीले नौ डाँडा पारी बनाइसकेका थिए | म तिम्रो काँखमा रमाउन चाहन्थें, खेल्न चाहन्थें, तिम्रै दु:खको सारथी बन्न चाहन्थें | तर मलाई त्यो अधिकार थिएन | आजकाल दाजु-भाउजु, भाई-बुहारी सबै डलरको खेति गर्न थाल्या छन् रे | तिमी उनीहरुको लागि बोझ बन्यौ रे | त्यसैले होला आमा तिमीलाई वृद्दाश्रममा लगेर फ्याकिदिए | र आज तिमी बुढेसकालमा साहाराविहीन बन्यौ | सहारामा वृद्दाश्रम बाहेक अरु केहि रहेन | तिम्रो मन कति जलिरहेको होला ? कति विलौना गरि रोइरहेकी हौली | तर आमा तिमीप्रति छोराछोरीको मायाँ अलिकति पनि बाँकी रहन सकेन | र त आज वृद्दाश्रमको स्थापना भए |

सकुन्जेल सन्तानको लागि लड्यौ तर जब तिम्रो शरीर बुढो भयो | अनि काम गर्न नसक्ने भयौ, तिमीलाई सहाराको खाँचो हुन थाल्यो, अब तिमी आफ्नै सन्तानको पनि बोझ बन्यौ |

आमा तिमी मात्र होइन, म हजारौं आमाहरु रोएको देख्छु, सुन्छु र भक्कानिन्छु | मनमा पीडाको भारी बोकेर हिड्छु र भन्छु- 'आमा-बाबा छोरीसँग किन बस्नु हुँदैन ? हामी छोरीहरु किन तिम्रो बुढेसकालको सहारा बन्न सक्दैनौं ? तिमी त छोरा छोरीलाई नै बराबरी मायाँ गर्थ्यौ त ? तर किन छोरीसँग बस्न अस्वीकार गर्छ्यौ आमा ? 

आमा, तर आज एउटा कुराको असाध्यै दु:ख लाग्छ मलाई, जब कि आफ्नै आमा सम्झन पनि मातातिर्थ औंशी (आमाको मुख हेर्ने दिन) कुर्नुपर्छ रे ! हो त्यो दिन तिमी पनि फेसबुकको वालहरुमा सजिएकी हुन्छ्यौ | तिमीले आफूले मात्र मायाँ गर्यौ तर आमा तिमीले आफ्नो सन्ततिलाई मायाँ गर्ने तरिका सिकाइनौ | सायद त्यसैको प्रतिफल होला, आमा आज तिम्रो त्यो अमुल्य मायाँ पनि भुल्दैछन्- तिम्रा सन्ततिहरु | आमा, यहाँ तिम्रा सन्तानहरु व्यावहारिक हैनन्, व्यापारिक बन्दैछन् | त्यसैले तिम्रो मायाँ भन्दा पनि डलरलाई अमुल्य मान्दैछन् | 

आमा, म कसरी हेरुँ, अनि तिमी कसरी सहन्छौ – आमा, आफूले अमृत पिलाएका सन्तानहरुले विष ओकाल्दा ? अझै पनि तिमी कति सहनशील छौ आमा ? तैपनि सन्तानकै खुशीमा रमाउछौ | तिमी कति महान छौ, आफ्नो  सन्ततिको लागि फेरी पनि हाँसी-हाँसी मर्न तयार हुने !? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला