विमल नेपाल | कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल नेपाल | कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपाल"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

२०७५, २२ जेष्ठ मंगलवार ०८:०५

विमल नेपाल | कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो । 

‘आफ्नो शरीरमा आफ्नै हक’ भन्दै आन्दोलन गरिरहेका महिला अधिकारकर्मी र पश्चिमा समाजको प्रभावबाट ग्रस्त आधुनिक नेपाली नारीसमाज यो कानुनबाट निकै उत्साहित भएका छन् । तर हाम्रो सामाजिक सोच र सँस्कारले भने यसलाई विवादित बनाएको छ ।

विवाहपछि मात्रै बच्चा जन्माउने कुरा मूलतः हाम्रो सामाजिक कानुन हो । बिहे नगरी बच्चा जन्माउँदा समाजमा विकृति फैलने तर्क गर्नेहरु पनि छन् । त्यो केवल जकडिएको मान्यताबाट मात्रै प्रेरित भएको तर्क हुनसक्ला । तर यसले विद्यमान सामाजिक सँस्कारमाथि धावा बोल्ने निश्चित छ ।

बिहे फरक कुरा हो, बच्चा जन्माउने वा नजन्माउने कुरा फरक हो । हाम्रो समाजले त बिहेलाई ‘यौन सम्पर्क गर्ने लाइसेन्स’का रुपमा लिएको छ । बिहेअघिको यौनसम्पर्कलाई अवैध मान्दै आएको छ । त्यो अझ यौनलाई जैविक आवश्यकता भन्दा चरित्रसँग जोडेर हेर्ने चलन छ । निश्चय नै बच्चा जन्मने कुरासँग यौन जोडिन्छ । तर, बिहे जोडिन आवश्यक छैन । तर हाम्रो समाजले विहे र यौनलाई पनि जोडिदिएको छ । त्यसैले नै नयाँ कानुनी प्रावधानप्रति बढ्ता बहसको सिर्जना गरेको हो ।

झट्ट सुन्दा ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ भन्ने कुरा प्रिय छ । यो स्वभाविक हो ।  तर बच्चा जन्माउने कुराले पार्ने सामाजिक असरको पाटो अर्को हो । एउटी अविवाहित नारीले आफ्नो शरीरको आफैंले सदुपयोग गरेर बच्चा जन्माइन् । उनी आमा भइन् । बच्चाको आमा भयो । तर, अब बच्चाका धेरै नातासम्बन्धहरु हुँदैनन् । ठूलाबा, फूपूलगायतका थुप्रै विद्यमान सम्बन्धहरु हुँदैनन् । ‘हाडनाता’ भन्ने पनि नहोला । ऊ फुक्काफाल हुन्छ ।

हिजो कानुनी रुपमा बाउको नामबाट मात्रै नागरिकता दिने कुराको विरोध गर्दै नारी अधिकारका कुरा गर्नेहरु अब बच्चालाई बाउबिहीन बनाउन खोज्दैछन् । यो ‘प्रगतिवादी’ सोच नै होला । तर, आधिकारिक बाउबिना मात्रै आमा बन्न मन लाग्नुको पछाडि धेरै कुराहरु छन् । त्यसको मूल कारण हाम्रो गलत पितृसत्ता नै हो । तर, पितृसत्ताको विकल्पमा श्रीमानबिनाको आमा बन्ने कुरा हुन सक्छ कि सक्दैन ? बहस जरुरी छ ।

अझ बिहे नगरी आमा बन्न सकिने कुराले त कानुनी रुप पाउँदैछ । तर, बिहे नगरी बाउ बन्न पाउने नपाउने कुरा चलनमै भरपर्नुपर्ने स्थिति छ । खासमा बिहे केका लागि ? बच्चा केका लागि ? यौन केका लागि ? यसबारे हाम्रो सोचाई स्पष्ट नहुँदा समस्या आउने खतरा छ । एउटासँग बिहे गर्ने बच्चा अर्कैको जन्माउने, एउटाको बच्चा जन्माउने, उसँग बिहे नगर्ने, एउटासँग यौनसम्बन्ध मात्रै राख्नेः बिहे पनि नगर्ने, बच्चा पनि नजन्माउने । क्या रोचक हुन्छ । किनकि, आफ्नो शरीरमाथि आफ्नो अधिकार न हो । हो, एउटा बहसको सुरुवात मात्रै हो । योसँग जोडिर थुप्रै विषयहरु सतहमा आउन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता