गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ’

१४ श्रावण २०७५, सोमबार १०:०८

गोबिन्द सिंह, धनगढी | प्रेम एउटा फुल हो, जस्लाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जस्लाई बुझ्नुपर्दछ । प्रेम एउटा सपना हो, जस्लाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो, जस्ले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउछ । प्रेम एउटा खुसीको त्यो पल हो, जस्ले हजारौ दुख र पिडाका पलहरू भुलाउन बिवस गराउछ । अर्थात प्रेम नै दुई मनमुटूको मिलन हो, जस्लाई मिलाउनुपर्दछ ।

यसरी नै प्रेमका बिभिन्न परिभाषाहरू दिईएका पाईन्छन तर जतीसुकै परिभाषाले पनि प्रेमको अर्थ पुर्ण भएको छैन । किनकी प्रेम गन्तव्य बिहिन छ अर्थात कति प्रेम गर्ने भन्ने सिमा नै छैन तर तुलना गरेर जाच्न सकिन्छ, जुन भावनामा मात्र सिमित छ । हजारौ प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैनन् । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ । यो भन्दा पनि यो संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन । 

यो रंगिन संसार नै प्रेममा सजिएको छ । प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एउटा किसिमको हुन्छ, भने जिबनसाथीसँग अर्कै र साथीसँग अर्कै किसिमको गासिन्छ । प्रेम केवल पवित्र छ तर कसैको सोच अनुसार तिनीभित्र नै अपवित्र भएको छ । यो संसारमा यस्ता मान्छेहरू पनि छन, जुन प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन अथवा तिनिहरूलाई वास्तविक प्रेमको अर्थ नै थाहा छैन, त्यसैले अरूलाई पनि आफुजस्तै ठान्ने गरेका छन । 

प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्र थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात एउटा असल मित्र बन्न सक्छ । मैले  एकदिन भगवानसँग एउटा प्रश्न राखे “प्रेम के हो” भनेर तर उहाँले जवाफ यस्तो दिनुभयो “पहिले कसैलाई मनदेखी नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ” अर्थात “प्रेम गर्नु नै प्रेम हो” । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जस्को जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिदैन । तर हो रहेछ, प्रेमलाई वास्तबिक अर्थ भन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुन्छ । प्रेम नै त्यो खुसी रहेछ, जस्ले आँशुको मुल्य तिर्न सक्दो रहेछ । तपाईले कसैलाई हृदयदेखी नै अती धेरै माया गर्नुहुन्छ भने के तपाईले कति माया गर्नुहुन्छ भन्न सक्नुहुन्छ । वा तपाईको माया कती ठुलो छ के त्यो भन्न सक्नुहुन्छ ? तपाईले तुलना गर्न सक्नुहुन्छ तर तुलना नगरिकन नै भन्न सक्नुहुन्न किनकी प्रेम एउटा यस्तो भावना हो, जुन भावनाबाट नै बुझ्नु जरूरी हुन्छ । 

तपाईले आफ्ना एकएक भावनाहरू शब्दमा कोर्न सक्नुहुन्न किनकी कुनै कुनै भावनाहरूको यथार्थ शब्द नै हुदैन । यही नै कारण प्रेमको गन्तव्य नहुनु हो अर्थात प्रेम गन्तव्य बिहिन हुन्छ भन्ने भावनाबाट नै बुझ्न सकिन्छ । वास्तबमा बुझ्ने हो भने तपाईको प्रेमको सिमा नै हुन सक्दैन र जति गहिराईसम्म गयो त्यती नै बढी गहिराई अझ महसुस हुन थाल्दछ । यदी तपाईले कुनै ताल वा पोखरीको गहिराईमा जादै हुनुहुन्छ र जब तपाई झन झन गहिराईमा जानुहुन्छ तपाईले बिस्तारै अध्यारो भईरहेको देख्नुहुन्छ र अन्तत तपाई गहिराईको यस्तो ठाउँमा पुग्नुहुन्छ जहाँ अध्यारो भईरहेको हुन्छ अर्थात तपाईले त्यहाँ केही देख्न सक्नुहुन्न । ठिक त्यसै गरि प्रेमको गहिराई गन्तव्य बिहिनका साथसाथै दृष्टी बिहिन पनि हुन्छ । तपाई कसैको प्रेममा जति गहिराईमा जानुहुन्छ बिस्तारै वरिपरिका केही केही कुराहरू देखेर पनि देखेजस्तो लाग्दैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य