२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

१६ श्रावण २०७५, बुधबार ०४:१३

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) |

२०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने डोजर हेर्न हामीहरु झुम्मिन्थ्यौ । डोजर हेरेर रमाउने त उबेलाको कुरा भो अहिले म त्यो बाटो खन्ने डोजरको कुरा गर्न खोजेको छैन । 

एक डेढ वर्ष अघिसम्म पहिले तम्घास घर पुगेर बजार डुल्दा देखिने तर आजभोली तम्घास बजारमा मैले देख्न नसकेको डोजरको कुरा गर्दै छु । बडेमानको ज्यान, ज्यान भन्दा नि अझ ठुलो भारी बोक्ने काम, दिउसै तिनपाने सुर्काउने बानी, पौवाको बसाई र सुताई , दुःख मला कैले भैन सुखले मला कैले छोडिनु…. हा हा हा गर्दै टोलै थर्काउने गरी उन्मुक्त हाँसो । सोधे हुँला मैले पनि बेलाबखत घर कहाँ हो भनेर सोध्दा जहाँ बस्यो त्यहि घर भन्थे पछिपछि चासो राखिएन । कोही कसैले डोजरको घर बडागाँउतिर हो पहिला भारतीय आर्मीमा भर्ना भएर घरायसी समस्याले यस्तो भए भन्थे कोही कसैले एकपटक मानसिक समस्याले गर्दा यस्तो भएका हुन भन्थे । खैर जे सुकै होस उनलाई न परिवारको चिन्ता न साथीभाईको चिन्ता, नत परिआउने भबितब्यकै चिन्ता । एक किसिमले सोच्ने हो भने उनि विनोद चौधरी भन्दा सुखि थिए । 

जुन मान्छेमा धनको लोभ र महत्वाकांक्षा हुन्न त्यो मान्छे जस्तो सुखी अरु हुन सक्दैन । मेरो बुझाईमा डोजर त्यस्तै थिए । डोजर तम्घासको एक अंग थिए । जरकमरक र ठुला भारी बोकाउनुपर्ने काम पर्यो भने सम्झने पात्र भनेकै तिनै डोजर थिए । पहिला पहिला त बसपार्क, पुरानो बजार, लाकुरी मञ्च आसपास देखिन्थे खै आजभोली मैले नदेखेको धेरै भो । भारी बोकेर हात लाग्या पैसोले चिरिप्प तिनपाने सुर्काएर मस्त लाकुरी मञ्चमा सुतेको धेरै पटक मैले देख्ने गर्दथे । मोवाईल र नेटले बानी जातिविति बिगारेको छ मेरो । बिहान उठनसाथ फेसबुक खोल्दा ति डोजर र डोजर जस्तै अरु, अनि जिल्लाका सुकिलामुकिलाहरु सुस्ताउने ठाँउ लाकुरी मञ्चको लाकुरी ढलेको तस्विर देख्न पुगे । पहिलेको विकासे अड्डा जिविस, जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयको सामुन्ने रहेको लाकुरी मञ्चले ऐतिहासिक महत्व बोकेको थियो । 

राणाकाल, पञ्चायतकाल, बहुदलकाल र अहिलेको गणतन्त्रकाल भोगेको लाकुरी मञ्चको बलियो लाकुरी असार १० गते रातीको हुरीले ढालिदिएछ । यही मञ्चको शितलतामा धन हुने पनि रमाए, मन हुने पनि रमाए । जिल्लामा हुने गरेका असल कामको साक्षी बस्यो लाकुरी मञ्च तर गलत काम नदेखेर बसेन । असल कामको लागि मरिमेटेर योजना बनाउने मात्र हैन अरुलाई असफल गराउन कसरि छिर्के दाउ हान्न सकिन्छ भनेर पनि योजना बनाएको साक्षी हो लाकुरी मञ्च । कैयौंका घरबार जोडिदिने काममा सहयोग त गर्यो नै तैपनि कतिको विर्गान पनि त सम्पर्क स्थान बनिदियो । यही लाकुरी मञ्चले राणाहरुको जयजयकार सुनेहोला र सुन्यो विरोध पनि । हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेको सुनेको लाकुरी मञ्चको लाकुरीले ओख्रेनी अझ भनौ 'आर्यघाटले के भन्छ ………. ले भन्छ' भनेको पनि सुन्यो । यही लाकुरीले काङग्रेस, एमाले, माओबादी लगायतका दलका ठुला-साना नेतालाई धेरैपटक राम बनाएको पनि सुन्यो, रावण बनाएको पनि सुनेको थियो । गुल्मी जिल्लाको राजनितिक, सास्कृतिक, आर्थिक परिवर्तन र ईतिहासको साक्षी लाकुरी मञ्चको लाकुरी ढलेको छ । माघको अन्त्यतिर घर जाँदा रंग लगाएर चिटिक्क पारेर संरक्षण गरिएको देखेको थिए । लाकुरी बाहिरबाहिर चिटिक्क परेको तर भित्र चाहि धोद्रो परिसकेको रैछ ठयाक्कै एउटा राजालाई कुना पस्ने गराएर सयौं राजालाई पोस्न विवश कुनै लावण्य देशजस्तै ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
 रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो नेपाल र थाइल्याण्डबीच यी ८ समझदारीपत्रमा हस्ताक्षर तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप १८ जना पक्राउ राजावादी समर्थकको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड बराबरको क्षति प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डमा भेट पक्का तीनकुने घटना : ५४ प्रहरी डिस्चार्ज, १३ घाइते उपचाररत सगरमाथा आधार शिविरमा एक श्रमिकको मृत्यु   दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड, नेपालभित्रै रहेको अनुमान भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो