२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यरातमा कम्पनिको रेष्टरुम छिर्यो, पाँसो लगायो अनि… झुण्डिएर मर्यो…

२०७५, २० श्रावण आईतवार ०५:०६

अर्जुन बराल |

मोरो भाग्यमानी रहेछ… मज्जाले कमाउँनी भयो । “आलु खानी हुँनेखानी हुन्छन हुँनेखानी आलुखानी हुन्छन” भनेको साँच्चै रहेछ । पल्लाघरकी रमा काकीले काका सँग खुब उसैको बारेमा बयान गरेकी थिईन । आँगनमा बसेर घरको खरको छानातिर आँखा लगायो । आँखाबाट बलिन्द्रधारा आँशु आँखैमा छचल्कीयो । दुईबर्ष देखि घरको छानोमा बाबा र आमाको बुढयौलीले तागत हटेर भन्नु पर्छ नयाँ खर थप्न नसकेर पालीहरु धुजा धुजा परेका थिय । बर्षा लागेपछि पालीका तिनै धुजा धुजा परेको छानोबाट झरेको पानी घरमा रहेका सिल्टीका भाडाँमा टम्मभरिएर चुँहिन्थ्यो । टालाटुली र आमाको च्यात्तीएको मजेत्रोले बनार्र्र्र्र्र्ईएको सिरक डसनापनि पानीको भिजाईले सुक्न केहि दिन लाग्दथ्यो ।

राजनीतिक परिबर्तनको २०४६ सालको आन्दोलन होस् या आधारईलाका निर्माणको दिशा निर्धारण गर्न शुरु गरिएको एकदशक लामो जनयुद्ध सँगसँगै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सामेल हुन उमेर गरिबी कसैले छेकेन स्वतःरुपबाट सरिक भयो ऊ , अझ ढाडमा टेकेर टाँउका मा हाँन्ने जनयुद्धको रणनीति अनुसार दलाल, सामन्त, पुँजीपति कतिसँग पौठेजोरी खेल्यो ती सबै आन्दोलन सफल भए पनि ऊ आज दैनिकी जिबनका सुःख किन्न बिक्रि गर्ने साधनको अभाब सँगै परिबर्तनका लागि लडेर बाँचेको आधाजिन्दगीलाई बाआमाको कछाड र मजेत्रो तिनै सामन्तीलाई बन्धकी राखि मलायाको लाँहुरे बन्दैछ ।

जिम्माल हरिकाकाको घरबाट सयको मासिक तीनरुपैयाँका दरले उसको बाबाले छोरोको मलायाको भिषा खर्च भनेर तीन बिस दश हजार ल्याउँनु भएको रहेछ केवल बर्षदिनमा नै चुत्ता गर्ने गरि थाहा छैन उसले तिर्न सक्ला या नसक्ला त्यो भबिष्यको एक बर्षले नै बताउँला ।

दशैको फुलपातीका दिन नेपाल एयरलाईन्सको बोईन्ङ्गबाट उसको मलायाको लाहुरे जिबनयात्रा ठिक बिहानको ११ बजेबाट सुरु हुनेछ । हो भगवान म यसकारण मान्दीन किनकि सबैको घरमा खुसीयाली छाउँदा जाबो त्यो दुखीको घरमा पनि एकक्षण खुसीलाई एकहप्ता दिदाँ के बिग्रीन्थ्यो र तर सबैले छन् भनेका भगवान कहाँ गए खै मैले देखीन, जे होस उसको मलाया यात्रा सुखमय रहोस अनी धुजाधुजा घरको पाली आमाको मजेत्रो अनी बाबाको कछाडसँगै साँहुको ऋृण छिटो चुत्ता गर्न सकोस ।

एकसय पचास रुपैयाँको जेब्रा झोलामा फाँटेका मैलीएका अनी नमिलेका कपडाका पोकासँगै फुल नउँठेका भुटेका ठेला मकैसँग भटमास आमाले लाहुँरे बन्न जाने छोरोलाई प्लास्टिकको झोलामा राखेर भोकै नबसेस मेरो मजेत्रो बाबाको कछाड नफेरेर केहि हुन्न पहिला जिम्मालको ऋृण तिर्नु पर्छ अनी बल्ल घरको पाली फेरौला संञ्चो बिसञ्चो डाँडाघर खत्रीनीको घर मुबाईल छ रे त्यतै खबर गरे हामी बुढाबुढीले थाहा पाईहाल्छौ आमाबाबाको चिन्ता नगरेस है भन्दै लाडले गाला सुमसुमाउँदा कहिल्यै डाँको छाडेर नरोएको मोरो भक्कानीएर रुदा बा पनि रुन पुगे ।

आजबाट सबैले उसलाई लाँहुरे देखेका छन् उ सोच्दैछ । बिहानको डयुटी को सुरुवात सँग साँझको समयपनि जिम्मालको ऋृणले डुबाएको छ उसको सपना । आमाको मजेत्रो र बाबाको कछाड उसको लागि महत्वपूर्ण छ । बिपनामा पनि उ सपना देख्छ । 

उफँ आएको तीन महिनामा बल्ल उसले आधाबिस हजार पठायो । जिम्मालबाले बाबालाई भन्नसम्म भने अरे ऋृण नतिरे घरै छोड खत्रीनी काकीले उसलाई मुबाईलमै  सुनाईन । आत्तियो अनी भक्कानीयो वरिपरि अन्धकारै देख्यो उज्यालो पाउँन सकेन । २०१७ सालको आन्दोलन होस या २०३६ सालको परिबर्तनका नाराको नाममा चलेका आन्दोलनमा उसको बाबापनि सहभागि भए तर खोई परिबर्तन झन गरिबीको गरिबी ।

बुधबारको दिन बिहानको ९ बजे त्यो कुचीङ शहरको ब्यस्त सडकमा लाहुरे ड्रेसलाई घरीघरि हेर्दै हिजोको पिएल ड्रेससँग दाज्यो अनी फरक छुट्टयायो हिजो देशका लागि लडे आज म मेरो अनी बाबाआमाको खुसीका लागि लडदै छु । अनी फेरि फिस्स हाँस्यो अगाडी टेलीफोनको बुथमा बढयो सिक्का छिरायो घरतिरको सन्चो बिसन्चो सोध्यो । 

साँहुको ऋृणको हिसाब गरयो एकबर्षमा चुक्ता गर्न असमर्थ हुन्छु भन्दै गम खायो । अर्कोमहिना पल्लागाँउको बिर्खेदाई घर जाने रे शन्देश पायो उमङ्ग नै मान्यो जे परे पर्ला यो महिनाको ज्यालाले आमालाई मखमलको चोलो अनी बाउँलाई कटराईजको पेन्ट किन्यो अनी केहि जिरामसला सँगै मिठाई किन्यो बिर्खेदाईलाई घर पुरयाईदिन अनुरोधसँगै कोठामा छिरयो ईस्टोप हल्लायो भात पाक्ने तरकारी नपाक्ने बराबर मट्टितेल रहेछ आत्तिएन हत्तपत्त भात पकायो तरकारीपनि आजलाई रहेनछ । यो हप्ता कोठाको राशन खरिद उसैको पालो परेको रहेछ गोजी हेरयो पुग्ला जस्तो मान्यो त्यै पनि साँझको डयुटी भेट्टाउँन बटुकामा भात र केहि नुन सँगै पानी राखेर पेट भरयो कम्पनि दौडीयो ।

मध्यरात भैसकेको थियो संसार परिबर्तन गरेका ति महानहस्तीलाई सम्झीयो अनी संसारपरिबर्तनमा भएका ति सफल आन्दोलनको समिक्षा गरयो, अनि आफ्नो देशका ती महान आन्दोलनबाट जनताले पाएको सुन्य उपलब्धीपनि दाँज्यो । जिम्मालबाको ज्यानमारा ब्याज सम्झीयो आफुले आफैलाई सम्हाल्न सकेन सुनसान मध्यरातमा कम्पनिको रेष्टरुम छिरयो डोरीको पाँसो लगायो मलायाको लाहुरेले झुण्डिएर आत्महत्या गरयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना